विश्व तेक्वान्दोका अध्यक्ष नेपालमा
काठमाडौं : विश्व तेक्वान्दोका अध्यक्ष डा. चुङ वन चो चौथो पटक नेपाल भ्रमणमा आएका छन्। उनी चौथो पटक नेपाल भ्रमणमा आएका हुन्।
नेपाल तेक्वान्दो संघको आयोजनामा हुने भनिएको चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि उनलाई नेपाल भ्रमणको निम्तो दिइएको थियो। तर, प्राविधिक कारण सो प्रतियोगिता स्थगित भएको छ। डा. चो जीसीएस इन्टरनेसनलको काठमाडौं कन्भेन्सनका लागि बुधबार नेपाल आएका छन्। उनी जीसीएसका अध्यक्ष पनि हुन्। जीसीएस इन्टरनेसनलको काठमाडौं कन्भेन्सन शुक्रबार आयोजना हुँदै छ।
नेपाल भ्रमणमा रहँदा चोले सरकारका उच्चपदस्थ व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम तय भएको नेपाल तेक्वान्दो संघले जनाएको छ।