ट्रम्पलाई बधाइ दिँदै चिनियाँ राष्ट्रपति सीले भने- स्वस्थ र दिगो सम्बन्धनका लागि सही बाटो खोजौं

ट्रम्पलाई बधाइ दिँदै चिनियाँ राष्ट्रपति सीले भने- स्वस्थ र दिगो सम्बन्धनका लागि सही बाटो खोजौं
सुन्नुहोस्

काठमाडौं : चिनियाँ राष्ट्रपति  सी जिङपिङले डोनाल्ड ट्रम्पलाई बधाइ दिएका छन्। बुधबार अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि सीले ट्रम्पलाई दुई देशबीच सहकार्यका उपायहरू खोज्नुपर्ने बताएका हुन्।

'चीन र अमेरिकाबीचको सहयोगले फाइदा हुने र मुठभेडले हिंसा निम्त्याउने इतिहासले देखाएको छ। स्वस्थ र दिगो चीन-अमेरिका सम्बन्ध दुवै देशको साझा हितमा छ। यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पनि हो,' सीले भनेका छन्। 

उनले अमेरिकासँगको सम्बादलाई मजबुत बनाउन आफू तत्पर रहेको बताए। त्यसका लागि दुई देशबीचको मतभेदलाई उचित व्यवस्थापन गर्दै अगाडि बढ्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय समुदायको हित र फाइदाका लागि चीन र अमेरिकाले सही बाटो खोज्नुपर्ने उनले औंल्याएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.