छठघाटमा पुग्न थाले ब्रतालु (तस्बिर)
वीरगञ्ज : आज छठ पर्वको सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात मुख्य दिन आज साँझ तराई–मधेशको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदैछ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । अर्घ दिनका लागि ब्रतालुहरु छठघाटमा पुग्न थालेका छन्। भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।
तस्बिरमा हेर्नुहोस् वीरगन्जको घडिअर्वा छठघाट
तस्बिर : क्रान्ति शाह