मोरङको ग्रामथानमा बलराम कांग्रेसबाट अध्यक्षको उम्मेदवार

मोरङको ग्रामथानमा बलराम कांग्रेसबाट अध्यक्षको उम्मेदवार
सुन्नुहोस्

विराटनगर : नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सरदार पार्टीका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य हुन्। उनी आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा ग्रामथानमा अध्यक्षको उम्मेदवार बन्ने पक्का भएको छ। कांग्रेस मोरङ संसदीय समितिको बिहीबार बसेको बैठकले अध्यक्षमा सरदारलाई अघि सार्ने निर्णय गरेको पार्टीका जिल्ला उपसभापति भक्तिनाथ माझीले जानकारी दिए। 

टिकटको टुंगो लगाउन कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति बनाइएको थियो। अध्यक्षका १३ जना आकांक्षीमध्ये सरदारलाई टिकट दिने निर्णय समितिको बैठकमा भएको माझीले बताए। 

नेकपा (माओवादी केन्द्र)ले ग्रामथानको अध्यक्षमा पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ। नेकपा (एमाले)ले भने उम्मेदवारको टुंगो लगाइसकेको छैन। 

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचित भएका थिए। उनको गत असार ३ गते निधन भएको थियो। गच्छदारको निधनपछि ग्रामथानमा उपनिर्वाचन हुने भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.