अर्घ्यको दउरा लिएर छठ घाट पुगे खानेपानी मन्त्री यादव, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

अर्घ्यको दउरा लिएर छठ घाट पुगे खानेपानी मन्त्री यादव, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
सुन्नुहोस्

वीरगञ्ज : मधेस प्रदेशको सर्वाधिक श्रद्धाको पर्व छठ यहाँका प्रत्येक घरमा उल्लासपूर्वक मनाइन्छ। यो पर्व मधेसको सांस्कृतिक आस्थाको प्रतीक हो। जसलाई ठूला होस् वा साना, सबैले समान श्रद्धा र भक्ति भावले मनाउने परम्परा रहेको छ। 

छठ पर्वको यस विशेष अवसरमा संघीय खानेपानी मन्त्री प्रदीप यादव पनि आफ्नो पैतृक गाउँ वीरगञ्ज महानगरपालिका–२२, मनियारीस्थित छठ घाटमा दउरा लिएर सहभागी भएका छन्। मन्त्री यादवले परिवारका सदस्यहरूसँग मिलेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा गरेका हुन्। 

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री यादवले सामाजिक सञ्जालमा आफ्नो दउरा बोकेर छठ घाटतर्फ गइरहेको भिडियो र तस्बिरहरू सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई छठको पावन अवसरमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री यादवले भनेका छन्, ‘छठ पर्व ! महापर्व !! राष्ट्रिय पर्व !! लोक आस्था र प्रकृति पूजनको प्रतीक यस महान् पर्वको अवसरमा साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा गर्न आफ्नै पैतृक गाउँ वीरगञ्ज महानगरपालिका–२२, मनियारीस्थित छठ घाटमा परिवारसँगै ‘दउरा’ लिएर पुग्ने सौभाग्य प्राप्त भयो।’ 

उनले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा सम्पूर्ण देशको समृद्धि, सुख-शान्ति र हर्षोल्लासको आफूले कामना गरेको बताएका छन्। ‘यो महान् पर्वले सम्पूर्ण नेपालीलाई आफ्नो परम्परा र संस्कृति प्रति गर्व गर्न प्रेरणा देओस् र हामी सबैको जीवनमा छठी माताको अपार कृपा रहिरहोस्,’ उनले लेखेका छन्। 

मन्त्री यादवले भने, ‘छठ केवल एउटा पर्व होइन; यो हाम्रो समाजको आध्यात्मिक, सांस्कृतिक, र सामुदायिक शक्तिको प्रतीक हो। यसले हामीलाई हाम्रा परम्परा र संस्कारप्रति गर्व गर्न अभिप्रेरित गर्छ। हामीले यस पर्वलाई भावी पुस्तामा हस्तान्तरण गरेर हाम्रो परम्परा र रीतिरिवाजको संरक्षणमा ध्यान दिनुपर्छ।’

मन्त्री यादवले छठ पर्वले समाजमा भाइचारा, एकता र प्रेमको भावना सृजना गर्ने बताउँदै नयाँ पुस्तालाई छठको महत्त्व र यसका सांस्कृतिक पक्षहरू बुझाउनुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘हामी सबैको जिम्मेवारी हो कि छठ पर्वजस्ता सांस्कृतिक परम्परालाई भावी पुस्ताले पनि गहिराइपूर्वक बुझुन् र यसलाई हृदयमा समेटुन्।’

मन्त्री यादवले छठी माताको आशीर्वादले समाजमा स्थायी शान्ति, समृद्धि, र सकारात्मक ऊर्जाको विस्तार हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई आफ्ना परम्परागत संस्कारहरूप्रति गर्व गर्न प्रेरित गरे। उनले यस महान् पर्वले राष्ट्रिय एकता र सद्भावलाई मजबुत बनाउन सघाउ पुर्‍याउनेमा विश्वास व्यक्त गर्दै समाजको समृद्धिका लागि निरन्तर साथ र सहयोगको कामना गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.