विद्यार्थीको गुणस्तर विकास गर्न एसक्यूसी सम्मेलन

विद्यार्थीको गुणस्तर विकास गर्न एसक्यूसी सम्मेलन
सुन्नुहोस्

काठमाडौं : विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउन विद्यार्थी गुणीय चक्र(एसक्यूसी)को १८ औं राष्ट्रिय सम्मेलन हुने भएको छ। क्वेष्ट नेपालले कात्तिक २४ गतेदेखि २६ गतेसम्म काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित ब्राइट फ्युचर माविमा आयोजना गर्न लागेको हो। 

सम्मेलन सञ्चालनको जिम्मा लिएको ब्राइट फ्युचर माविले चन्द्रागिरि नगर क्षेत्रका विभिन्न ठाउँमा कार्तिक २४ गते बिहान ८ बजे प्रभातफेरी सहितको र्‍याली आयोजना गर्ने छ। यस वर्ष देशका २८ वटा हबबाट छानिएका विद्यार्थी प्रतिनिधिहरूले विद्यार्थी गुणीय चक्रको कार्य प्रतिवेदन प्रस्तुतीकरण गर्ने छन्।  

सम्मेलनमा विद्यार्थीले केन्द्रीय महत्वका कार्यक्रमहरू विद्यार्थी गुणीय चक्रको मामला अध्ययन गरेको प्रतिवेदन पेश गर्ने, प्यानल छलफल गर्ने, मनशा स्मृति सर्व गुणीय व्यक्ति पुरस्कार एवं राजकुमार महर्जन स्मृति राष्ट्रिय विद्यार्थी गुणीय चक्र विद्यालय पुरस्कार प्रदान गर्ने, सहकार्यमा आधारित प्रतिस्पर्धात्मक खेलहरू (कथा लेखन, कला र संग्रह चित्र) जस्ता विभिन्न गतिविधिहरू गर्ने छ। यसैगरी, गुणस्तरीय हाजिरीजवाफमा सहभागी गराउने र विभिन्न कार्यशालाहरू (ओ एच पी पेन्टिङ, एआईलाई तालिम दिई प्रयोग गर्ने, भिडियो निर्माणसँग सम्बन्धित सीप विकास) सञ्चालन गरिने भएको छ। 

यस्तै इलेक्ट्रोनिक्सका सीप सिकाइ, आधुनिक युगमा संगीत सम्बन्धी कार्यशाला र आत्मरक्षा गर्ने कार्यशालामा भाग लिनेछन्। यो सम्मेलनले स्कुलका विद्यार्थी एसक्यूसी (स्टुडेन्ट क्वालीटी सर्कल)मा सहभागी भई आफूलाई सर्वगुण सम्पन्न व्यक्तिका रुपमा विकास गर्न एउटा वृहत् राष्ट्रिय मञ्चको सिर्जना गरेको संयोजक देवराज घिमिरे प्रस्ट्याउँछन्। 

क्वेष्ट नेपालले सार्थक, सामाजिक, असल र चतुर विद्यार्थी उत्पादनको लागि प्रशिक्षित गर्ने उद्देश्यका साथ स्थापना गर्न सम्मेलन गरिरहेको अध्यक्ष नारद कुमार रिजालले बताए। ब्राइट फ्युचर माविका प्रधानाध्यापक दयाराम थापा एसक्यूसी गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने अवसर भएको बताउँछन्।  

सम्मेलनमा पूर्व–मेचीदेखि पश्चिम महाकालीसम्मका ७४ विद्यालयका ५१२ जना विद्यार्थी, १०० पर्यवेक्षक, श्रीलंकाबाट अन्तर्राष्ट्रिय पर्यवेक्षक, शिक्षक शिक्षिका, विश्व विद्यालयका प्राध्यापक तथा शिक्षाविद्हरूले सहभागिता जनाउने बताइएको छ। अझ हाल १०० भन्दा बढी विद्यालयमा सह पाठ्यक्रम तथा पाठ्यक्रमको रुपमा विद्यार्थी गुणीय चक्रको सञ्चालन तथा पठनपाठन भइरहेको उनले जानकारी दिए। 

विश्वका २५ भन्दा बढी देशमा एसक्यूसी कार्यक्रम लोकप्रिय भइरहेको छ।  विद्यार्थी गुणीय चक्रको अवधारणा नेपालमा प्रो. डा. दिनेश प्रसाद चापागाईंले सन् १९९९ मा ल्याएका हुन्। नेपालमा यो कार्यक्रम सन् २००५ देखि देशका विभिन्न शैक्षिक संस्थाहरूमा एक नवीनतम शैक्षिक चिन्तनको रूपमा लागू भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.