माओवादी केन्द्र सरकार बनाउने र ढाल्ने खेलमा लागेको छैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

माओवादी केन्द्र सरकार बनाउने र ढाल्ने खेलमा लागेको छैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
सुन्नुहोस्

तानसेन : नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी सरकारमा जाने लाइनमा नभएको बताएका छन्। पाल्पामा  कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री श्रेष्ठले माओवादी अब जनताको समस्याको पक्षमा निरन्तर आवाज उठाउने अभियानमा लागेको बताएका हुन्।

माओवादीले अब तत्काल एकता गर्न सम्भव हुनेहरूलाई एकता गरी अगाडि बढ्ने, समाजवादी मोर्चालाई पनि एकसाथ अगाडि बढाउने र  जिल्ला प्रदेशस्तरमा सरकारको विरुद्धमा खबरदारी सभा गर्ने उपाध्यक्ष श्रेष्ठले बताए ।

माओवादीले ठूलो पदमा रहेका भ्रष्टाचारीलाई पक्राउ गरेर जेल हालेको र अझै ठूला भष्ट्राचारको पक्रने तयारी हुँदै गर्दा सरकार ढालिएको उनले बताए। श्रेष्ठले अब जनताले सडकबाटै खबरदारी गर्नुपर्ने समय आएको धारणा राखे। 'अहिले पनि ठूला भष्ट्राचारीहरु सरकार सत्ताको आडमा रमाएका छन्, दिनहुँ विभिन्न काण्डमा लागेका छन् । त्यसैले जनस्तरबाटै त्यस्ता व्यक्तिविरुद्ध आवाज उठाएर कारवाहीको दायरासम्म लैजानु पर्छ' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.