इजरायलद्वारा बेरुत विमानस्थलमा बमबारी : धेरै मानिस हताहत

इजरायलद्वारा बेरुत विमानस्थलमा बमबारी : धेरै मानिस हताहत
फाइल तस्बिर।
सुन्नुहोस्

इजरायलले बुधबार लेबनानको राजधानी बेरुतको अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको छ । यसबाहेक बेरुत र बेका उपत्यकाका विभिन्न भागमा पनि हवाई हमला गरिएको थियो। यी आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार आक्रमण हुनुअघि इजरायली रक्षा बल (आईडीएफ) ले एयरपोर्ट र आसपासका क्षेत्रहरू खाली गर्न भनेको थियो। आइडीएफले बेरुतमा हमलाको क्रममा हिजबुल्लाहको कमाण्ड सेन्टर र हतियार डिपोलाई निशाना बनाएको दाबी गरेको छ।

यसअघि मङ्गलबार अबेर राति पनि इजरायलले लेबनानको बर्जा सहरको एउटा अपार्टमेन्ट भवनमा हवाई आक्रमण गरेको थियो । जसमा करिब ३० जनाको मृत्यु भएको थियो । आईडीएफले आक्रमण गर्नुअघि कुनै चेतावनी समेत दिएको थिएन।

अर्कोतर्फ गाजामा पनि इजरायली सेना बेत लाहिया पुगेका छन् । अहिलेसम्म आइडीएफले त्यहाँ बम विष्फोट मात्र गरिरहेको थियो । इजरायलका अनुसार हमासका आतंककारीहरू फेरि यस क्षेत्रमा जम्मा हुन थालेका छन्।

लेबनानमा ३ हजारभन्दा बढीको मृत्यु  

इजरायली आक्रमणका कारण पछिल्लो एक वर्षमा ३ हजारभन्दा बढी लेबनानी नागरिक मारिएका छन् । विगत ६ हप्तादेखि जारी इजरायल-लेबनान युद्धमा तीमध्ये अधिकांश मारिएका हुन्। युद्धका कारण लेबनानका १० लाखभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

अधिकांश मानिसहरू राहत शिविरमा शरण लिएका छन्। अहिले ती शिविरमा पनि ठाउँ छैन । त्यसैले समुन्द्रको किनारमा पाल टाँगेर मानिसहरुलाई अस्थायी रुपमा बस्न दिइएको छ ।

हिजबुल्लाह प्रमुख नइम कासिमले बुधबार इजरायलसँग युद्धविराम वार्ता गर्ने इच्छा व्यक्त गरेका छन् । उनले वार्ता अघि इजरायली आक्रमण रोक्न आग्रह गरेका छन् ।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.