कोलम्बस ओहायोमा छठ
कोलम्बस (अमेरिका) : हिन्दू समुदायको लोक आस्था र सूर्य उपासनाको महापर्व छठ पूजालाई प्रवासमा समेत धुमघामसँग मनाउन थालिएको छ।
हिन्दू समुदायको बाहूल्यता रहेको अमेरिकाको ओहायो राज्यको कोलम्बसमा भव्यरूपमा छठ पूजा गरिएको हो। डा. मृदुला गुत्ता र राजेश शाहको अगुवाईमा कोलम्बसको हिन्दू टेम्पलमा छठ पर्व मनाइएको हो।
‘हाम्रो आस्थाको चाडलाई समुदाय नै मनाउँदा निकै खुसी लागेको छ,’ राजेश शाहले भने, ‘यसले हाम्रो संस्कृति नयाँ पुस्तालाई चिनाउने अवसर पायौं।’ छठ पूजामा नेपाली र भारतीय समुदायको सहभागीता रहेको थियो।
छठको विधिअनुरुप नै अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिएर सहभागीहरूले छठ पूजा गरेका थिए।