दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, २५ घाइते

दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, २५ घाइते
सुन्नुहोस्

दैलेख : दैलेख सुर्खेत सिमा क्षेत्रमा पर्ने रानीमत्तामा भएको फोर्स गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो दैलेखबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलिसकेको छैन।

दुर्घटनामा परी २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विरेन्द्र वीर विश्वकर्माले जानकारी दिए। उनका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.