रुकुमपूर्व : उपनिर्वाचनमा माओवादीबाट ज्ञानदेवी पुन सिफारिस

रुकुमपूर्व : उपनिर्वाचनमा माओवादीबाट ज्ञानदेवी पुन सिफारिस
सुन्नुहोस्

रुकुम पूर्व : रकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस भएकी छन्। मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पुन सिफारिस भएका हुन्।

नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिनसम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीले बताए। अध्यक्ष कामीका अनुसार १० जना आकाङ्क्षी मध्यबाट आपसी सहमतिमै पुन सिफारिस भएका हुन्।

१० जना आकाङ्क्षीहरू आफैं सहमति गरेर १ जनामा केन्द्रीकृत हुनु नै विजयको सन्देश दिएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले बताए। माओवादीको आधार इलाकाले परिचित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्रले काङ्ग्रेस एमालेको संयुक्त उमेदवारसँग प्रतिस्पर्धा गर्नु पर्ने मन्त्री पुनको भनाइ छ।

गाउँकमिटी अध्यक्ष हर्कप्रसाद कामीको अध्यक्षतामा सम्पन्न भएको विस्तारित बैठकमा नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनको प्रमुख आतिथ्यता रहेको थियो। 

पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको गत भदौ२८ गते बाङ्लुङ भुङखानीमा भएको जिप दुर्घटनामा वडाध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्षको आमा गोपीमायँ बुढासहित मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.