सुविधा सम्पन्न रिसोर्टसहित मुस्ताङमा ३२५ होटल सञ्चालनमा

सुविधा सम्पन्न रिसोर्टसहित मुस्ताङमा ३२५ होटल सञ्चालनमा
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा बर्सेनि ५ लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। गतवर्ष मात्रै ३ लाख ५४ हजार ९२७ आन्तरिक र ९९ हजार ३९९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए।

राष्ट्रिय सञ्जालका सडकहरू विस्तार हुन थालेपछि मुस्ताङमा पर्यटकहरूको संख्यामा वृद्धि भएको हो। पर्यटकहरूको चाप बढ्दै गएपछि मुस्ताङमा होटलहरू पनि थपिँदै गएका छन्। मुस्ताङमा सुविधा सम्पन्न रिसोर्टसहित ३२५ वटा होटल सञ्चालनमा छन्।

मुस्ताङको सदरमुकाम घरपझोङ गाउँपालिकामा १६३ वटा, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ६३ वटा, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ३० वटा, लोमान्थाङ गाउँपालिकामा २० वटा र थासाङ गाउँपालिकामा ४९ वटा होटलहरू सञ्चालनमा छन्। यी होटेलहरूमा एकैपटक ७ हजार पर्यटकको व्यवस्थापन गर्न सकिन्छ।

मुस्ताङका अधिकांश होटलहरू घरधनी आफैंले सञ्चालन गरेका छन्। केहीले भने घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका छन्। मुस्ताङमा बर्सेनि अनुकुल मौसममा पर्यटकको चाप बढ्दा यहाँको होटलको क्षमताले थेग्न नसक्ने कतिपयको बुझाइ छ। सडकमार्गमा घर भएकाहरू आफैंले होटल चलाएको र नयाँ होटल सञ्चालन गर्न चाहने व्यक्तिलाई आवश्यक स्थानमा जग्गा व्यवस्थापन नहुँदा नयाँ होटल खोल्नसमेत अप्ठ्यारो छ।

मुस्ताङमा कूल भुगोलको १ प्रतिशत पनि नापी नभएको र नापी नभएको सार्वजनिक स्थानीय तहले लिजमा दिन पाउने प्रावधान सुनिश्चित नहुदा नयाँ होटलको संरचना निर्माणमा बाधा परेको हो। पछिल्लो समय मुस्ताङका कतिपयले स्याउ बगैँचा मासेर होटलको भौतिक संरचना निर्माण गरिसकेका छन्। स्याउ खेतीभन्दा पर्यटक लक्षित होटलबाट मनग्ये आम्दानी हुने भएकाले यहाँका स्थानीय नागरिकहरुले स्याउ खेती मासेर होटल घर बनाउन थालेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.