पुथाउत्तरगंगाको उपाध्यक्ष र वडाध्यक्षमा एमालेले तुलाचन र रोकालाई उठाउने तयारी

पुथाउत्तरगंगाको उपाध्यक्ष र वडाध्यक्षमा एमालेले तुलाचन र रोकालाई उठाउने तयारी
सुन्नुहोस्

रुकुमपूर्व : आगामी मङ्सिर १६ गते हुन लागेको उप निर्वाचनका लागि नेकपा एमाले रुकुम पूर्वले पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षको उम्मेदवारको टुङ्गो लगाएको छ। 

एमालेले गाउँपालिका उपाध्यक्षमा जिल्ला उपसचिव केशकुमारी तुलाचन र वडा नम्बर २ को अध्यक्षमा जिल्ला कमिटी सदस्य जीवन रोका मगरलाई उम्मेदवार बनाउने भएको छ। 

तुलाचन र रोकाको नाम जिल्ला कमिटी बैठकले बुधवार जिल्लाबाट प्रदेश कमिटीमा सिफारिस गरी पठाएको थियो। प्रदेश कमिटीले जिल्लाबाट सिफारिस भएको गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षका उम्मेदवारको नामलाई अनुमोदन गरेको नेकपा एमाले रुकुम पूर्वका जिल्ला अध्यक्ष लीलामणि गौतमले बताए। 

जिल्लाबाट सिफारिस उम्मेदवारको नाम प्रदेशबाट अनुमोदन भएपछि आफूहरू उप निर्वाचनको तयारीमा लागेको बताएका हुन्। ‘चुनाव जित्ने गरी तयारीमा लागेको उहाँको भनाइ छ। यसपटक जसरी भए पनि चुनाव जित्ने गरी लागेका छौं। पार्टी प्रदेशको निर्देशन पनि पुथाउत्तरगंगामा जसरी पनि निर्वाचन जित्ने भन्ने छ। हामी चुनाव जित्नेमा ढुक्क पनि छौं,’ उनले भने।

नेपाली कांग्रेसले भने कात्तिक २८, २९ गतेसम्म उम्मेदवार टुङ्ग्याउने भएको छ। उम्मेदवारका विषयमा पार्टीमा छलफल चलिरहेको महासमिति सदस्य नन्दु विष्टले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.