मृत्युलाई काँधमा बोकेर तुइन तर्दै

मृत्युलाई काँधमा बोकेर तुइन तर्दै

संस्कारको झीरमा उनिएका रङहरू गाढा छन् अझै अनकण्टार प्रदेशमा।

तुइनको मध्य भागमा पुगेपछि प्राण पखेरु उड्ने पक्का भयो। तुइनमा झुन्ड्याइएको फलामको पेरुंगोमा राजन रावत, म र हुम्लाका एक पत्रकार बसेका थियौं। त्यो पेरुंगोलाई वारि ल्याउन परे वारिको मान्छेले पारि लान परे पारिको मान्छेले तान्नु पर्ने रहेछ। बस्ने मान्छेलेपनि तुइनमा समातेर पेरुंगो ठेल्नुपर्ने रहेछ।

‘लौ डुबेर मरिने भयो सर। चारमध्ये तीन बोल्टु खसिसकेछन्। चौथो पनि आधा खुस्किसकेछ। बाँकी भाग खुस्केपछि पेरुंगोसहित ढुंगोभैंm खस्ने भयौं हामी कर्णालीमा’ — कालोनीलो बन्नुभयो राजनजी। 

‘तुइनबाट खस्न लाग्यौं’— तीनजनानै चिच्यायौं। वारिपारिका साथीहरूले गर्न सक्ने केही थिएन। 

तीन भाइले हातले ठोकिरह्यौं हुकलाई। छिप्रापट्टिका मित्रहरूले तानिरहनुभयो छिटोछिटो। 

‘आखिर, ज्यान कर्णालीलाई सुम्पनुपर्ने भो’— सोचें। पारुलाई सम्झिएँ। छोराछोरीलाई सम्झिएँ। आमाहरू र दाइभाउजूलाई सम्झिएँ। कर्णालीले लगेको खबरमात्र पाउने भए सबैजनाले। जिन्दगीको नियतिमाथि टीठ लाग्यो। मृत्युले कुपुकुपु चपाउन थाल्योजस्तो लाग्यो नजिक आएर। ऊ त्यही तुइनमा हामीसँगै चढेको रहेछ जस्तो लाग्यो।

मृत्युलाई भेटेपछि जिन्दगीको अन्तिम क्षणपनि सकिन्छ। 

मृत्युलाई काँधमा बोकेर तुइन तर्दैछौं हामी।

बरबरी आँसु झरे दुई मित्रका आँखाबाट। शून्य शून्य बन्न थाल्यो मेरो दिमाग।

ब्वांगपेरुंगो झरेपछि पो देखियो संसार। तै छिप्रापट्टिको किनारमा पुगेपछिपेरुंगो खस्यो। एक सेकेन्ड अघि खसेको भए कर्णालीमा हेलिनुबाहेक उपाय थिएन अरु कुनै।

मृत्युको सन्निकटले सनसनी फैलायो दिमागमा। मृृत्युले छोडेको पक्का भएपछि जीवनका कणकणमा ढाक्यो झलमल्ल खुसी। मृत्यु अनिश्चयी छ र पो आनन्द छ जीवनमा। मृत्युका मिहिन गीतहरू अनुभूत गरिरहुञ्जेल गति र खुसीको सञ्चार भइरहन्छ जीवनमा। 

जीवनको अघिल्तिर मृत्यु हारेको खुसीयालीमा उत्तानो परेर चौरमा पल्टियौं तीनैजना। साथीहरूले धेरै लामो श्वास फेरे।

खार्पुनाथ र छिप्रा जोड्न पहिले पक्की पुल बनाइएको रहेछ कर्णालीमाथि। जनयुद्ध सञ्चालन गर्ने क्रममा नष्ट पारिएको रहेछ तीन वर्षअघि। जनयुद्धको नाममा विकट ठाउँको पुल उडाएपछि सुविधा के पाऊन् बिचरा जनताले।

गन्तव्य छिप्रा छ। उद्देश्य अनन्तेपूर्णिमामा लाग्ने मेला हेर्ने छ।

‘हजुर, जसरी पनि जानुपर्छ अनन्तेपूर्णिमाको मेला हेर्न छिप्रामा। यो हुम्लीहरूको सबैैभन्दा ठूलो चाड हो, हुम्लाको संस्कृति बुझ्ने यो राम्रो अवसर पनि हो’— डी एस पी मणिजंग हमाल दम्पतीले निम्ता गर्नु भएथ्यो पाँच दिनअघिनै। देश परदेश पुग्नेहरू पनि खुसी साटासाट गर्न फर्कने रहेछन् अनन्तेपूर्णिमामा। त्यही जात्रामा भाग लिन काठमाडौंदेखि पुग्नु भएको रहेछ मणिजीहरू पनि। उहाँहरूको घर छिप्रामै भएकोले त्यो जात्रा हेर्ने राम्रो अवसर थियो मेरो लागि। संस्कृतिमै त लुकेको हुन्छ मान्छेको जीवन दर्शन र जीवनस्तरको दर्पण।

कर्णाली नदी तरेपछि अर्कोपट्टि उकालो चढ्नुपर्ने रहेछ छिप्रा जानका लािग। बिहान ९ बजेनै सिमकोटबाट ओरालो झरेका हामीहरू साँझ ५ बजेतिर उकालो चढिरहेछौं। बायाँतिर खार्पुनाथ मन्दिर देखिइरहेछ कर्णाली किनारमा। खार्पुनाथ अघिल्तर उत्तरतिरबाट झरेको दोज्याम खोला मिसिइरहेछ। दोज्याम खोला आफैं विशाल देखिन्छ। विशाल कर्णालीमा मिलेपछि उहाँहरूको घर छिप्रानै पर्ने भएकोले त्यो जात्रा हेर्ने राम्रो अवसर थियो मेरो लागि। संस्कृतिमै त लुकेको हुन्छ मान्छेको जीवन दर्शन र जीवनस्तरको दर्पण।

कर्णाली नदी तरेपछि उकालो चढ्नुपर्ने रहेछ छिप्रा जानकोलािग। बिहान ९ बजेनै सिमकोटबाट ओरालो झरेका हामीहरू साँझ ५ बजेतिर उकालो चढिरहेछौं। बायाँतिर खार्पुनाथ मन्दिर देखिइरहेछ कर्णाली किनारमा। खार्पुनाथ अघिल्तर उत्तरतिरबाट झरेको दोज्याम खोला मिसिइरहेछ। दोज्याम खोला आफैं विशाल देखिन्छ। विशाल कर्णालीमा मिलेपछि पनि कर्णालीको आकारमा खासै परिवर्तन देखिँदैन। ‘एकमा एक थप्यो एकनै’को सिद्धान्त प्रमाणित गरिरेहछ कर्णालीले। वरिपरि हरिया डाँडाहरू छन् सुलुत्त परेका। चरासमेत गुल्टिने ती भीरहरूमा घोडा र गाईहरू चरिरहेका देखिन्छन्। हाम्रै बायाँपट्टि पहाडको बीचबाट एउटा गोरेटो झरिरहेछ छड्के पटुकीजस्तो।

कर्णाली नदी छोडेर डेढघण्टा उकालो चढेपछि भीरको स्यानो थाप्लोमा भेटियो गाउँलेहरूको भीड। हुम्ला पुगेपछि पहिलोपटक एकै ठाउँमा त्यति ठूलो भीड देखेको थिएँ मैले। डाँडाफैया, बुराउँसे, दार्मा, ठेहे, श्रीनगरदेखिका मान्छेहरू भेला भएका रहेछन् त्यहाँ। भीरमै टाँसिएको रहेछ लोहासुर मन्दिर। मन्दिर वरिपरि लछप्पै थियो रगत। बलि दिएका बोकाहरू भने ओसारिसकेका रहेछन् मन्दिरबाट।

मन्दिर अघिल्तिर ठूलो ठूलो स्वरमा झगडा चर्किरहेको छ। जात्रालुहरू डाँडाडाँडाबाट झगडा हेरिरहेछन्। दलित र गैरदलितबीचको झगडा रहेछ त्यो। भाद्र पूर्णिमाको दिनमा पर्ने अनन्तेपूर्णेमा दलितहरूले बाजा बजाउने परम्परा चल्दै आएको रहेछ। अब आयन्दा हामी बाजा बजाउन सक्तैनौ भन्ने दलितहरूले अडिग लिएपछि दिउँसैदेखि मारामार चलेको रहेछ।

जात्राको सुरुमै झगडामा परियो— संस्कृतिको जुठेनले छातीमा उब्जायो समवेदना।

नेपालमा जात्रामा प्रायः झगडा सबैै ठाउँमा पर्छ। प्रायः सुरपानी पिएर जात्रामा जाने भएकोले पनि झगडा पर्नु स्वाभाविक हो। लोहासुर मन्दिरबाटै सुरु हुने रहेछ छिप्रा गाउँ। त्यहीं भेटिनुभयो मणिजंग हमाल र भाउजू। मसँगै सिमकोटबाट गएका जंग रोकाया, राजन रावत, कृष्णा रोकाया, विशाल बोहरा, दानसिंह रावलहरू र मणिजीले गाउँलेहरूलाई भेला गराउनु भयो। ‘अरू नै दिन छलफल गरौंला। जात्राको दिन झगडा गरेर टाढा टाढादेखिका पाहुनाहरूलाई खल्लो नपारौं’ भनेपछि सबैको चित्त बुझ्यो। दमाहा, ट्याम्को, सहनाई, ढोलक, झ्याली घन्कन थाले। धामीहरू नाच्न र काम्न थाले। त्यो जात्रामा धामी नाचले प्रधानता पाउँदो रहेछ। धामीहरूले माथि सेतो भोटो र बख्खु, तल सेतै पेटीकोट जस्तो कपडा पहिरदारहेछन्।सबैै धामीहरूले सयपत्री पूmलको माला पहिरेका छन्। उनीहरूको टुपी तीन चार हातसम्म लामो हुने रहेछ। त्यसलाई तारले बानेर महादेवको जटाझैं बेर्ने चलन रहेछ। भेषभूषा, हाउभाउ र चर्तिकलाले समाजका अरू सदस्यभन्दा बेग्लै र विशेष देखिँदैछन्।

सामान्यभन्दा फरक नदेखिएपछि कहाँ पर्छ र अरूको नजर ? 

साँझ पर्न लागिसकेको छ। पाँच जना धामीलाई व्यथा देखाउनेहरूको धुइरो चलिरहेछ। भेदेको र बोक्सी लागेको कारणले जहान परिवारको स्वस्थ्य बिग्रिएको, पाल्तुपशु र खेतीपाती राम्रो नभएको गुनासो धामी समक्ष पोख्नेहरू खचाखच छन्। धामीसँग न्याय माग्दा र ज्यानको स्वस्थताको कामना गर्दा मान्छेहरू प्रायः मुखमा घाँस च्यापेर पशुवत अज्ञानी भएको शैलीमा प्रस्तुत हुँदा रहेछन्। धामीले चामल र फूल छरेर देवताबक्ने रहेछन् र काम्दै सबैै समस्या दूर गराइदिने बचन दिँदारहेछन्। धामीहरू हुम्लाका विभिन्न मन्दिरको प्रतिनिधित्व गरेर त्यहाँ भेला हुने रहेछन्। उनीहरू देवताका साक्षात् रूप हुन भन्ने विश्वास रहेछ हुम्लीहरूमा।

मरञ्च्यासे, जीउभरि मैलका कान्ला र पाटाले घेरिएका र सुल्फाको सुरमा सन्कने बानी हुँदो रहेछ देवताहरूको। मान्छेले आफूजस्तै बनाउने त हो नि देवता पनि। देवतापनि त्यही समाजकै रीतिथितिमा ल्याइरहने त हो तरंग। म देवता भनिएकाहरूको जीर्णता देखेर चकित परें। ‘तपाईंमा साँच्चै देवताको अंश छ त ? ’— मैले प्रश्न गर्दा प्रश्नको ओइरो लग्ने आशंका पलायो एक धामीमा। यो छलफल गर्ने विषय होइन भनेर टारे। मसँग छलफल गर्ने इच्छानै देखाएनन् उनीहरूले। धर्माधिकारीहरू तर्कको सामु पर्न कमै चाहन्छन्।

अलि तल्लापट्टि चौडिलोमा पाँच युवती र एघार युवाहरू देउडा नाचिरहेका रहेछन्। महिला र पुरुषहरू गोल परेर देउडामा जीवनका सुख दुःखहरू, घर परिवार, माइत मावलका होची अर्घेलीहरू, अभावका शृंखलाहरू, माया–प्रेमका उत्तारचढावहरू, बिदेसिनु पर्नाको पीडा, गोठालो जाँदा र घरखेत गर्दाको अप्ठेरोहरूलाई गीतको माध्यमबाट व्यक्त गरिरहेछन्। देउडा नाच्ने र जात्रामा जाने प्रायः सबैै महिलाले टाउकोमा टोपृज्ञेघाँटीमा जालृद्देछातीमा कम्पनीमालाृघेपहिरेका छन्। प्रायः सबैैले ऊनी बर्को ओडेका छन्। मखमली चोलो र पेटिकोट जस्तो फरिया (जसलाई ‘दौडा’ वा ‘आङ्गो’ भनिँदो रहेछ) पहिरेका महिलाहरूको अनुहारमा खुसीको चमक छ। खुट्टामा प्रायः स्पोर्ट सुज छ। पुरुषहरूले कमिज सुरुवाल र ज्याकेट लगाएका छन्। कतिपय मान्छेहरू नाम मात्रको कपडा पहिरेर उपस्थित भएका छन्।

‘केही जात्रालु सम्पन्न जस्तै लाग्छ हगि ? ’—मैले स्थानीय शिक्षक समक्ष खसखस राखें।

‘यो त यिनीहरूको जिन्दगीभरिको एकजोर कपडा हो सर, पटक पटक फेर्न कहाँ सक्तछन् र यिनीहरूले’— भित्र अभाव भएपनि अरूको अघिल्तिर सम्पन्नता देखाउनै पर्ने नेपाली प्रवृत्तिको हाबी रहेछ त्यहाँ पनि।

साँझ घर्किंदै गएपछि जात्रालु धुइँरो पनि छिप्रा गाउँमा पस्यो। तीस, पैंतीस घरहरू पुटुक्क उमे्रका कन्ने च्याउ जसरी जोडिएर बसिरहेका रहेछन् छिप्रामा। पीडा र दुःखका कोलाज देखिन्छन् गाउँका सबैै घरहरू। नाम मात्रका छन् घर। ठण्डीको साम्राज्य निर्वाध चलिरहेछ चोटा कोठामा। रित्ता चोटा, कोठाहरू गाँस र कपासको आह्वान गरिरहेछन्। घर त बिलौना सम्झने चौतारो बनेको छ। व्यथा खोस्रने खोरिया भएको छ। घरमा हुम्ली शैली हुनेनै भयो। तीन खण्डका छन् घरहरू। सबैभन्दा तल्लो खण्डमा गाईबस्तुकोलागि गोठ, बीच खण्डमा भात भान्सा र परिवारका सदस्यहरूको ओछ्यान। माथिल्लो खण्ड पाँचमा पाहुना राख्ने दुई तीन कोठाहरू र अघिल्तिर माटो बिछ्याएको समथर छाना। जोडिएका घरहरू भएकोले गाउँलेहरूको लागि छानानै बाटो हुने रहेछ। आँगनभरि भेडा पाल्ने र बलेसीमै मान्छेले दिसा गर्ने चलन सामान्य मानिँदो रहेछ।

कुटुक्क काट्यो पेट।

‘यहाँ दिसा गर्ने टाइलेट छैन ? ’— जात्रामा निकै चल्ता पुर्जा देखिएका एक युवकसँग सोधें। 

उनी एकछिन अक्कबक्क परे। ‘ए पाइखाना हो ? गाउँमा एउटा त छ तर अलि पर छ’— उनले भने।

‘लौ न जाउँ’— बच्चा जसरी खुरुन्धान गरें मैले। उनी अघिअघि म पछि पछि। गाउँको माझमा एउटा टाइलेट रहेछ, कुनै गैरसरकारी संस्थाले निर्माण 

गरिदिएको। टाइलेटमा ढोका रहेनछ। गारोमा टाँसेर प्यान राखिएकोले बसेर दिसा गर्न नमिल्ने। टाइलेट भरिएको रहेछ दाउराको खलियोले। टाइलेट वरिपरि दिसा पिसाब, त्यसमाथि हरिया झिंगाहरूको भुनभुनले पन्ध्र कदम वरैबाट सिकसिकोले जीउ चिलाउन थाल्दो रहेछ।

‘यस्तोमा त कसरी दिसा गर्नु नि’— मैले बोलें।

​​​​​​​‘भएको यस्तै हो सर, यहाँ भन्दा त पाखामा जानु 

नि’—उनले भने।

‘लौ टाइलेट नभै दिसा नगर्ने हो भने डुबिने रहेछ भाउँटोमा’—सोच्दै अलि पर्तिर गएँ र रुखको छेकोमा हल्का भएँ।

छिप्रा पहाडनै पहाडको काखमा रहेकोले अद्भुत शान्ति छ। तलतिर उत्तरबाट दक्षिणतिर अनवरत बरिरहेको कर्णालीको सुसाइले फिजाइरहेछ नूपुर ध्वनि।

गाउँको सबैैभन्दा ठूलो घरको छानामा एकातिर धामीहरू जोखना हेरिरहेछन् , अर्कोतिर देउडा चलिरहेछ। धामीहरू बेरिएको टुपीमाथि एउटा कपडा बेरेका छन्, जसलाई मथेरो भनिँदो रहेछ। हातहातमा घण्ट र त्रिशूल छ उनीहरूको। बाजा बजिरहेछ। धामीहरू नाचिरहेछन्। कोही धामीहरू जोखना हेरेर मान्छेको भविष्य बताउँदैछन्।

एउटी झन्डै तीस वर्षकी महिला क्वाँ क्वाँ रुन थालिन्। उनका आफन्तहरूले सम्झाउन थाले ‘पिर नगर’ भनेर। उनको लोग्ने कामको सिलसिलामा विगत तीन वर्षदेखि मुम्बईमा गएको रहेछ। धामीले हात हेरे। ‘तिम्रो लोग्नेले दुई वर्षअघि अर्की पत्नी ल्याइसके अब फर्कन्नन्’ भने। कोकोहालो हालेर रोइन् तिनी। उनका आफन्तले धामीलाई पुकारे। अक्षता पैसा चढाए। युवतीले मुखभरि घाँसको मुठो च्यापिन्। चार हात खुट्टा टेकिन् र बोलिन् —‘म जनावर जत्तिकै अज्ञानी हुँ। मलाई केही थाहा छैन। जसरी हुन्छ मेरी सौतालाई भगाइदेऊ।’ 

धामी कामेर चार हात माथि उफ्रिए। उनको टुपी फुकेर आइमाईको जस्तै फिंजारियो। उनले अनेकौं मन्त्र फलाके। अनेकौं तन्त्र गरेझैं गरे। त्यसपछि घोषणा गरे—‘मेरो मन्त्रको प्रभावले यो आइमाईको सौताले आजै लोग्ने छोडेर हिँड्छे, अब कोही पनि यिनको सौता बनेर आउन सक्तैन।’ परर्र ताली बज्यो। सबैैमा खुसी छायो। धामीको जय—जयकार ​​​​​​​गरियो।केहीबेरपछि मुम्बईमै बस्ने अर्का युवक गाउँ आइपुगेछन्। उनी त्यही जात्रामा उपस्थित भए। सबैैले ती महिलाको लोग्नेले सौता ल्याएको कुरा सोधखोज गरे। ‘हामी एकै घरमा बस्छौं, उनले कुनै स्वास्नी भिœयाएका छैनन्। यो बकवास मात्र हो।’—उनले भने। गाउँलेहरूले उनको भन्दा धामीकै बढी विश्वास गरे। सबैको मुखबाट निस्कियो—‘धन्न देवलदेवीले धामीलाई देखाइहालिछन् र मात्र, नत्र अर्की सौता व्यहोर्न पथ्र्यो बिचरीले।’

 नाटकको एक शृंखला प्रस्तुत गर्ने, कुनै व्यवधान देखापर्ने स्थितिमा तुरुन्तै अर्को शृंखला सिर्जना गरेर अघिल्लो व्यवधान दैवी शक्तिले हटाइदिएको घोषणा गर्ने गज्जबको रीत हुँदो रहेछ धामीहरूको। चिरा सोझा मनुवाहरू त्यो सब देवता खुसी हुनु र नहुनुको खेल हो भन्ने विश्वासमा बज्रलेप भइरहेछन्। छाना छानामा उभिएर नाचगान र धामीको चर्तिकला हेर्नेहरूमा हँसीमजाक चलिरहेछ। गाउँका भद्र भलाद्मी भन्नेहरूलाई राडीमाथि राखिएको छ। गाउँलेहरूको अनुहारमा देखिन्छ भित्रैदेखिको निखार खुसी।

 ‘तम हो नेपालबाट आयाृद्धे?’ एउटी बूढी आमैले च्याप्पै हात समातेर सेता अक्षताको टीका र धूपीको प्रसाद लगाइदिनु भयो। मैले आमा सम्झिएँ र ढोगिदिएँ। अझैसम्म काठमाडौंलाई नेपाल भन्ने चलन रहेछ। नेपालबाट एउटा मान्छे आउँदैछन् भन्ने हल्ला चलेको रहेछ। त्यसपछि त मलाई घेर्ने र हेर्नेहरूको धुइरोनै चल्यो। बूढा–बूढी, तरुना–तरुनी, बच्चा बच्ची सबैैका आँखा मैमाथि खनिएका छन्। मानांै कुनै अर्कै ग्रहबाट आएको प्राणी हुँ म।

 क्यामेरा झिकेर तस्बिर खिच्न के थालेको थिएँ जात्रालु सबैैले घेर्न थाले मलाई। 

 ‘उ फोटो खिच्न थाल्या छन्’— हल्लाखल्ला हुन थाल्यो।

 क्यामेराको लेन्सबाट छिर्न तँछाडमछाड भयो। खिचिएको तस्बिर स्क्रिनमा देखाइदिएपछि त झन् तस्बिर खिचाउने र हेर्नेको ठेलमेल भयो। कोही दिदी बहिनीहरूले पूजा गरे क्यामेरालाई, फूल अक्षता चढाए, लेन्समा फोहर पर्ला कि भन्ने डरले आत्तिएँ म। दुई धामीहरू पटुर्नैृछेछोडेर तस्बिर खिचाइमागे। 
 ‘महाभारतकालमा युद्धका तस्बिरहरू हेर्दै धृतराष्ट्रलाई बताउँदै गरिएको थियो अचेल यहीं आइपुग्यो यो चलन’— एक धामीले गाउँलेहरूलाई बताए। 

 ‘यो देवताले नै बनाएका हुन्, धेरै धर्मात्माले मात्र यस्तो भाँडो पाउँछ’— उनी व्याख्या पो गर्न थाले।  ‘यो देवता होइन मान्छेले बनाएको हो, यो पाउन भगवान्को आशीर्वाद होइन पैसा भए पुग्छ’— मैले बताएँ।

​​​​​​​ हुम्लालाई ढपक्कै ढाक्यो जूनले। जूनको उज्यालोमा मुस्काइरहेछ छिप्रा गाउँ। पहाडहरूको फेदमा रहेकोले गाउँको वरिपरि बारी छ। बारीभरिका मकै, कोदो र सूर्यमुखीहरूको स्पन्दन चलिरहेछ जूनका किरणहरूमा मिसिएर। अघिल्तिर उभिएका डाँडाहरूले साँघु¥याएका छन् आकाशलाई। विशाल कर्णालीको उच्छलनले मीठो सपना खोजिरहेछ। जूननै उच्छट्ट मातिएजस्तो लाग्छ कर्णालीमा डुबुल्किन पाउँदा। कर्णाली, हावा र देउडाको समवेत स्वरहरू बिस्तारै फैलिँदै गइरहेछन् अग्लाअग्ला डाँडाका चुचुराहरूसम्म।

​​​​​​​ बादलले जूनलाई छेक्छ, जूनले बादललाई छेड्छ। बादलका केस्रा केस्रा टेकेर पनि धर्तीमा ओर्लन्छ जून। केस्रा केस्रा जोडिँदै आकाशमै छोपिदिन्छ जूनलाई बादलले। अँध्यारो र उज्यालोको जुहारी चलिरहेछ। देउडा र जूनको पनि जुहारी चलिरहेछ। उता जून र बादलले संसारको रीत दर्शाइरहेछन्। यता देउडाका गीत र नृत्यहरूमा जिन्दगीका सारा स्वरूपहरू प्रकट भइरहेछ।

 उन्मक्त ठण्डी अल्मलिएको छ जून र देउडाको जुहारीमा।

 धामीहरूले धामी विद्याको महŒव बारेमा बोले।

 ‘धामी देवताका दूत हुन्’— भने। 

 ‘धामी रिसाए भने देवता रिसाउँछन् र अनिष्ट हुन्छ संसारमा’— भने। 

 ‘घर घरमा मान्छे र पाल्तुपशु बिरामी हुनु, घरमा अभाव र अन्योल बढ्नु, परदेशिएकालाई सञ्चो नहुनु, आँटेको नपुग्नु सबैै ‘देवता लागेर’ हुने हो। देवता खुसी पार्न धामी खुसी पार्नुपर्छ’— भने। 

 सोझा जनताहरूले ती सबैै कुरा पत्याए। धामीलाई पुज्ने र ढोग्नेको तँछाडमछाड चल्यो। धामीको पाउ भेट्नु देवतानै भेट्नु हो भन्ने भ्रम बेस्सरी मौलायो, एमोनियम सल्फेट पाएको धानको गाँजजस्तो।

​​​​​​​ पल्लोपट्टि पाँडमा हामी पाँच, छ जना बसेका थियौं। मैले देवता होइन प्रकृति ठूलो कुरा हो भन्ने अथ्र्याएँ। पौष्टिक खाना नपुगेर, फोहोर र खराब खानेकुरा खाएर र सरसफाइ नपुगेर रोग लाग्छ। बाढी, पहिरो, भुइँचालो, चट्याङ सबैै प्राकृतिक कुरा हुन्। हरेक कुराको कारण हुन्छ, दुःखलाई पनि प्रयासले निराकरण गर्न सकिन्छ।

 धामी पुज्दैमा, बोका कुखुरा काट्दैमा कहाँ हुन्छ र जीवनका समस्याको समाधान भन्ने अथ्र्याएँ। उपस्थित युवाहरूलाई मेरो कुरा ठीकै लाग्यो तर एकैपटक समाजको विश्वास परिवर्तन गर्न गाह्रो हुने राय थियो उनीहरूको। पूरै अन्धकारले ढाकेको हुम्लालाई चेतनाको चाँदनीले धेरै उज्यालोतिर उचालिसकेको भनाइ रह्यो भाइहरूको।

#निधारमाथि कपालमा लगाउने सुनफूल
#घाँटीमा बाँध्ने बुनेको पोतेको माला
#सुकी, पाँचनी जस्ता सिक्काको माला
#नेपालबाट आएका तिमी हौ ? 
#छेकाम्नै


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.