मिलनको कामना
निरन राई
सायद बिम्बहरू यतैकतै छन् तर,
मैले तिनलाई समाएर
भावनाहरू बिस्कुन लागेका छन्
तर, तिनलाई सम्हाल्नै सकिनँ
मेरो निस्वार्थ र निश्चल भावना
कहिलेकाहीँ
संवेदनाहीन हुने हो कि लाग्छ।
मभित्र पल पल
शब्दहरू कुस्ती खेल्छनर, आगो निस्किन्छ
म ज्वाला दन्किरहन्छु
सभ्य समाजको चित्र
अँगारले कोरिरहन्छु
क्षितिजमाथि आकाशमा
लुकामारी खेल्ने
आकृतिहरू जस्तै चित्र !
मिलन हुनुपर्ने थियो
ती दुई किनाराको
तर, हुन सकेको छैन
म तिनको मिलनको आशा बोकेर
हिँडिरहेको छु।
अरुण–५, जिमीगाउँ, भोजपुर