एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक जारी रहेको हो ।

बैठकमा उपचुनाव, सत्तारुढ कांग्रेस र एमालेले बनाएको संयन्त्र, समसायिक राजनीतिक अवस्था, लगायतका विषयमा छलफल हुनेछ। आगामी मंसिर १६ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयनबारे पनि छलफल हुने बताइएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका चीन भ्रमणको तयारीबारे पनि छलफल हुनेछ। null

सरकारको कामलाई सफल र प्रभावकारी बनाउने उद्देश्यसहित प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयन्त्र गठन भएको हो । 

संयन्त्रको कार्यदलमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सदस्य छन्। एमालेको तर्फबाट भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन्।  

कार्तिक १५ गतेको बैठकले प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.