रवि लामिछानेको पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने रास्वपाको निर्णय

रवि लामिछानेको पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने रास्वपाको निर्णय
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक निषेधका लागि पार्टी सभापति रवि लामिछानेविरुद्ध कारबाही गरिएको भन्दै दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। 

शनिबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी सभापति लामिछानेबिरुद्ध गरिएको कारबाही राजनीतिक प्रतिशोध भएको र रास्वपालाई राजनीतिक निषेध गर्नका लागि फसाउने काम भएको भन्दै दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको रास्वपा सांसद सोविता गौतमले बताइन्।

उनले राज्यको दमनकारी नीतिको विरोध र साझा मुद्दाहरूका विषयमा ध्यानाकर्षण गराउन दोस्रो चरणको आन्दोलन गर्न लागिएको बताइन्। रास्वापको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन राज्यले रास्वपामाथि षड्यन्त्र गरेको बैठकको ठहर रहेको उनले बताइन्।

त्यस्तै बैठकले २०८० माघमा प्रधानमन्त्रीलाई बुझाएको सहकारी समस्या समाधानसम्बन्धी प्रतिवेदनलाई आधार मान्दै पीडितहरूको सरोकारलाई सम्बोधनका लागि पार्टीका सम्बन्धित पालिका संरचनाहरूले आफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकिन गरी कार्ययोजना बनाइ पीडितहरूको सरोकार बमोजिम बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरूको अगुवाई गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले उपनिर्वाचनका सन्दर्भमा स्थनीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको स्वेच्छाचारी राजनीतिक प्रतिशोध र संगठित भ्रष्टाचारका विरुद्ध जागृति फैलाउने अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.