भव्यरुपमा डिएमभी आर्टिस्ट अवार्ड २०२४ सम्पन्न

भव्यरुपमा डिएमभी आर्टिस्ट अवार्ड २०२४ सम्पन्न
सुन्नुहोस्

मनासस(भर्जिनिया): डिएमभी आर्टिस्ट अवार्ड २०२४ समारोह भव्य रुपमा सम्पन्न भएको छ । भर्जिनिया राज्यकी सिनेटर ड्यानिका रोएम प्रमुख अतिथिमा उत्त अवार्ड समारोह भव्यरुपमा सम्पन्न भएको हो ।  रोएमले समारोहमा नेपाली समुदायका विभिन्न कलाकारलाई अवार्डसहित प्रमाणपत्र प्रदान गरिन् । सिनेटर ड्यानिका रोएमले नेपाली कला र संस्कृतिमा उल्लेखनीय योगदान पुर्‍याएका कलाकारलाई भर्जिनिया राज्यका सिनेटको मोहरसहितका प्रमाणपत्रहरू प्रदान गरेकी थिइन् ।

अवार्डसहित सम्मानित हुने कलाकारहरूमा प्रख्यात गायक भुवन केसी, पुराण जोशी, रुपा राणा, अभिनेता नारायण त्रिपाठी, पुष्कर पन्तलगायतका कलाकारहरू थिए ।

त्यसैगरी  युएनप्याक र  एएमएन–युएसएका अध्यक्ष एड्रियन पोखरेलले 'को हो त्यो' नामक गीत प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पारे ।  यो गीत,अघिल्लो पुस्ताका प्रसिद्ध गायक ओम विक्रम बिष्टले गाएका थिए। पोखरेलको गायनमा पुनः एकपटक जिन्दगीको नयाँ रौनक ल्याएको थियो ।  

कार्यक्रममा विविध सांस्कृतिक नृत्य र अन्य सांगीतिक प्रस्तुतिहरू पनि प्रदर्शन गरिएका थिए। जसले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध तुल्यायो । कार्यक्रममा नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनको महत्वलाई जोड दिइएको थियो । यसले नेपाली समुदायको एकता र गर्वलाई थप मजबुत बनायो ।  सिनेटर ड्यानिका रोएम र आयोजकहरूको धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैले नेपाली कलाकारहरूको योगदानको सम्मान गर्दै सांस्कृतिक मञ्चमा एकता र साझा अभिव्यक्तिका अवसरहरूको सिर्जना गर्ने महत्वपूर्ण भूमिका सम्हाल्ने प्रतिज्ञा गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.