धवादीघाटमा गाउँपालिकाद्वारा निशुल्क डुङ्गा सेवा

धवादीघाटमा गाउँपालिकाद्वारा निशुल्क डुङ्गा सेवा
सुन्नुहोस्

गोरखा : त्रिशुलीले पुल बगाएपछि नदी वारपार गर्न गोरखाको गण्डकी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाले डुङ्गा सञ्चालन गरेको छ। असोज ११ गते त्रिशुलीको बाढीले धवादीघाटको पुल बगाएपछि समस्यामा परेका स्थानीयलाई सेवा दिन दुई पालिकाले संयुक्त रुपमा डुङ्गा सेवा सञ्चालन गरेका हुन्।

डेढ महिनासम्म पनि पुल मर्मत नहुँदा त्यस आसपासका बासिन्दा, विद्यार्थी, तरकारी तथा दूध उत्पादक किसानहरूले आवातजावतमा निकै सास्ती खेप्दै आएका थिए। पुल मर्मतसम्भार गर्न अझै लामो समय लाग्ने भएकाले अल्पकालीन सेवा दिन निशुल्क डुङ्गा सेवा सञ्चालन गरेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए। दुवै गाउँपालिकाले मासिक ७०–७० हजार रुपैयाँ भाडा तिर्ने गरी भाडामा डुङ्गा लिएर त्रिशुलीमा सेवा सञ्चालन गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।

डुङ्गा सञ्चालनमा आएपछि स्थानीयबासीलाई राजमार्गसम्म आउजाउ गर्न सहज भएको उनले बताए। ‘दुवै गाउँपालिकाका करिब १५० घरधुरीका शिक्षक, विद्यार्थी, किसान, अरु सर्वसाधारण गरी दैनिक करिब पाँचसय जना वारपार गर्छन्’, तिमिल्सिनाले भने, ‘डुङ्गा चलाउनका लागि तीन जना कर्मचारी परिचालन गरेका छौँ। बिहान सातबजेदेखि साँझ पाँच बजेसम्म सेवा सञ्चालन हुन्छ।’ ११ बजेदेखि १ बजेसम्म खाना खाने बिश्राम लिने उनले बताए।

स्थानीयबासीको पक्की पुलको मागलाई केन्द्र सरकारले नजरअन्दाज गरेको गाउँपालिकाका अध्यक्ष तिमिल्सिना बताउँछन्। ‘सबै घाटहरुमा पहिले डुंगा चल्थ्यो। पछि विकास हुँदै तुईन, झोलुंगे पुल हुदै मोटरेबल पुल बन्न थाले। हाम्रो ठाउँमाचाहिँ झोलुंगे पुल हुदै डुंगाकै युगमा फर्केको छ’, उनले भने, ‘यहाँ मोटरेबल पुल चाहिन्छ भनेर धेरै पहिलेदेखि माग गरेको हो। बन्ने हल्ला पनि थियो तर अहिलेसम्म प्रक्रिया नै अघि बढेको छैन।’ धेरै व्यस्त रहने ठाउँ भएकाले यहाँ मोटरेबल पुल बन्न जरुरी छ।

गत असोजको बाढीले यहाँको पुल भत्किएपछि स्थानीयले ३–४ घण्टाको पैदल यात्रा गरेर राजमार्ग पुग्नुपर्ने बाध्यता थियो। डुंगा चल्न थालेपछि त्यो बाध्यता हटेको स्थानीय भूमि रेग्मीको भनाइ छ। ‘सबै यात्रुलाई लाइफ जाकेट लगाएर डुंगा तार्छन्’, उनले भने, ‘त्यसैले यात्रा गर्ने बेला डराउनु पर्दैन। ढुक्क भएर यात्रा गर्न सकिन्छ।’

अहिले पुलको कतिपय डेकहरु झरेका छन् भने लठ्ठा बटारिएर हिँड्नै नमिल्ने भएको छ। समयमै पुल मर्मत नहुँदा दैनिक नियमित काममा आवतजावत गर्न मात्रै नभएर यहाँका कृषकले उत्पादन गरेका कृषि उपजहरु बजार पठाउन समेत सास्ती भइरहेको छ। अहिले केही दिनदेखि पुल मर्मत गर्न सुरु गरेको स्थानीय भूमि रेग्मीको भनाइ छ। ‘झोलुङ्गेपुल बिभागले केही दिनदेखि पुलको मर्मत गर्न सुरु गरेको छ’, उनी भन्छन्, ‘दुबैतर्फ तीन–तीन मिटर अग्लो पर्खाल लगाउने भनिएको छ, लठ्ठा, डेकहरु पुरानै प्रयोग गर्ने भनेका छन्। फेर्नुपर्ने जति फेर्ने नपर्ने जति त्यही प्रयोग गर्ने गरेर बल्ल मर्मतको काम सुरु गरेका छन्। पुल बन्नलाई अझै दुईदेखि तीन महिना लाग्छ भनेको छ।’ पुल नबन्दासम्म स्थानीयबासीले डुङ्गाबाटै वारिपार आउजाउ गर्नुपर्ने हुन्छ।

डुङ्गा चढेर वारपार गर्दै धवादीका बासिन्दा।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.