रास्वपाका कार्यकर्ताले सडक आन्दोलन गर्नुको कुनै तुक छैन : देउवा

रास्वपाका कार्यकर्ताले सडक आन्दोलन गर्नुको कुनै तुक छैन : देउवा
तस्बिर : अन्नपूर्ण

धनगढी : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले गरिरहेको सडक आन्दोलनको कुनै तुक नभएको बताएका छन् । 

एक साता लामो गृहक्षेत्रको भ्रमणका लागि आइतबार सुदूरपश्चिम आएका पूर्वप्रधानमन्त्री देउवाले धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसका नेताहरूको पनि छानविन भएको,प्रहरीले पक्राउ गरेको बताउँदै उनले मुद्दा परेका बेला पार्टीले अदालतमा विश्वास गरेको बताए ।

‘हाम्रा साथीहरूलाई पनि मुद्दा लागेको छ । पक्राउ परेका छन् । अदालतमा मुद्दा चलिरहेको छ । हामीले त कहिले हो–हल्ला गरेनौं, रास्वपाले पनि अदालतलाई विश्वास गर्नु पर्‍यो नि। अहिले मुद्दा अदालती प्रक्रिायामा छ,' देउवाले भने ।

उनले सत्ता गठबन्धनमा केही असमझदारी देखिएको चर्चा गलत भएको दावी गरे । ‘सत्ता गठबन्धनमा कुनै असमझदारी र समस्या छैन । यो गठबन्धन २०८४ सम्म टिक्छ,'उनले भने । देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको सचिवालयले जनाएको  छ । देउवाले गृहजिल्लामा उग्रतारा जातमा सहभागी हुनेछन् । अन्य धार्मिक कार्यक्रम पनि सहभागी हुने सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.