ओली चीनको र रेग्मी अमेरिकाको राजदूत नियुक्त
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाका लागि नयाँ आवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा चीनका लागि प्रा.डा.कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
संसदीय समितिबाट सर्वसम्मत अनुमोदित भएपछि राष्ट्रपति पौडेलले दुवैजनालाई आज राजदूतमा नियुक्त गरेका हुन्। प्राडा ओली पूर्वमुख्यसचिव हुन्।