सेयर बजारमा हरियाली, ९ अर्ब ७७ करोडको कारोबार
काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स ९.९१ अंकले बढेर ४८७.१० विन्दुमा अडिएको छ।
उच्च अंकले बढेको सेयर बजारमा कारोबार रकममा पनि वृद्धि भएको छ। ९ अर्ब ७७ करोड बढि मूल्यको कारोबार भएको छ। यसदिन ३२५ स्क्रिप्सको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३.५५ रुपैयाँको सेयर कारोबार भयो।
पाँच कम्पनीको मूल्य बढ्दा सानिमा ग्रोथ फण्डका लगानीकर्ताले भने गुमाए। गुराँस लघुवित्त वित्तीय संस्था,सृजनशील लघुवित्त वित्तीय संस्था,सुपर मादी हाइड्रोपावर,बलेफी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा यसदिन सानिमा जीआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३८ करोड मूल्य बढिको सेयर कारोबार भयो। यसैगरी समृद्धि फाइनान्सको ३४ करोडको सेयर कारोबार हुँदाम नगदी ग्रुपको २७ करोड,हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र साहस उर्जाको १९/१९ करोडको सेयर कारोबार गरे।
आज सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक ४.२६ प्रतिशतले बढ्यो। कारोबारमा आएका २२८ स्टक्सको मूल्य बढ्दा १३ वटाको घट्यो । बाँकी ३ समूहको उपसूचक भने स्थिर रह्यो।