‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानले गर्‍यो स्टार्टअप परिचय

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानले गर्‍यो स्टार्टअप परिचय
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरुले सुरु गरेको स्टार्टअप व्यवसायको प्रबर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानले स्टार्टअप कम्पनीहरूको परिचय गराएको छ।

आइतबार नेटवर्कको हेडक्वार्टरमा आयोजित एक समारोहमा अभियानमा सहभागी भएको स्टार्टअप कम्पनीहरूको एकआपसमा परिचय कार्यक्रम गरेको हो। null

अभियानमा जोडिएका विविध विधाका ३४ वटा कम्पनीहरुले एकआपसमा आफ्ना कम्पनीहरुको बारेमा सबैलाई परिचय गराएका थिए। नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको स्टार्टअप तथा इनोभेसन कमिटीका अध्यक्ष पंकज जलान र अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले अभियानको महत्त्व प्रकाश पार्दै स्टार्टअप कम्पनीहरू उनीहरूको परिचय गराएका थिए।

‘अभियानमा जोडिएका कम्पनीहरूका बारेमा परिचय गराउने नयाँ मोडलको विधिबाट कार्यक्रम सुरु हुन आफैँमा नबिन इनोभेसन हो’ नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको स्टार्टअप तथा इनोभेसन कमिटीका अध्यक्ष जलानले भने ‘यसले एकअर्कालाई कसरी सघाउने र कसको लागि को उपयोगी र जोडिन सक्छ भन्ने प्रस्ट हुन्छ। जसले तत्काल नतिजा ल्याउन सघाउ पुग्छ।’

अभियानमा आर्कबो टेक्नोलोजिज्, अर्वान हस्पीटालिटी, किलिण्डर सर्भिसेज, भोगिएन्स नेपाल, स्कोलर स्पेश, स्वीटफिक्स, डेलिज डेरी, खातापाना, बसियो सर्भिसेज, ओके जर्नी, बेथानचोक आरडीआर कृषि तथा पशुपालन फर्म, श्रीकृष्ण अर्गानिक एग्रीकल्चर एण्ड पशु फार्म, नेपाल फिलीली टेक, लुक्ला आउटडोर्स, जिजि कर्पोरेशन, ग्लोबल डायरी, प्रोजेक्ट बैंक, सोमची, कुनाको घर, क्राउन एग्रो टेक, आभा टेक्नोलोजि, टेक इन्टिग्रेडर्स, रोयल अरोमा हिमालयन कफी, स्टार्टअप कम्पनीका रुपमा सहभागी छन्।null

त्यसैगरी इन्टनेशनल पार्टनरका रुपमा भक्ति फाइनान्स ग्रुप अमेरिका, आरडी रिटेल इन्डिया प्रा.लि भारत, फेडेरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्श क्यान्डा, एजुकेशन पार्टनर नामी कलेज, एग्रिकल्चर पार्टनर मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, बिजनेश डभलपमेन्ट पार्टनर उद्यमशील प्रालि, रेमिटान्स पार्टनर नियो मनि ट्रान्सर्फर, नलेज पार्टनर एन हब नेपाल, अंग्रनाईजेशन पार्टनर नेपाल चेम्बर अफ कमर्श, मेन्टरशीप पार्टनर मोराई कर्पोरेशन्स, इन्भेष्टमेन्ट पार्टनर आध्यान्ता फण्ड मेनेजमेन्ट लिमिटेड रहेका छन्।

स्टार्टअप व्यवसाय गरिरहेका युवा उद्यमीहरूसँग सहकार्य गरी उनीहरूको व्यवसाय प्रबर्द्धन गराउन अन्नपूर्ण मिडिया नेटवर्कले मुलुकमै पहिलो पटक मिडिया हाउसको सक्रियतामा यो अभियान सुरु गरेको छ। ‘अहिले स्टार्टअप व्यवसाय गर्ने भोलिका ठूला उद्यमी र मुलुकको आर्थिक विकासको अति महत्त्वपूर्ण हिस्सा हुन्’ नेटवर्कका महाप्रबन्धक बस्नेतले भने ‘ती युवा उद्यमीहरूको हौसला बढाई उनीहरूका प्रोडक्टहरुको बजारीकरणका लागि प्रोडक्टको ब्रान्डिङ एंव केयरिङ गरी व्यवसाय प्रबर्द्धन गराउन हामीले यो अभियान सञ्चालन गरेका हौं।’ 

उनका अनुसार यसका लागि अन्नपूर्ण मिडिया नेटवर्कका सबै प्लेटफर्महरु सहभागी हुनेछन्। बस्नेतका अनुसार यो अभियानमा सहकार्य गर्ने स्टार्टअप कम्पनीहरुले अन्नपूर्ण पोस्ट्मा प्रोडक्ट परिचय, द अन्नपूर्ण एक्सप्रेसमा कम्पनी सञ्चालक प्रोफाइल, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जमा ३० मिनेट प्रोडक्ट र कम्पनी परिचय, नेटवर्कको सोसियल साइडमा प्रोडक्ट भिडियो म्यागेजी, स्टार्टअपको अन्तर्राष्ट्रिय बजारीकरण लगायतका सुविधाहरू पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.