तस्करीको कपडा र अटोसहित ३ जना पक्राउ

तस्करीको कपडा र अटोसहित ३ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङबाट प्रहरीले तस्करीको कपडा र कपडा ओसारपसारमा प्रयोग गरिएको अटो टेम्पोसहित तीन जनालाई पक्राउ गरेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार कपडा तस्करीमा संलग्न विराटनगर महानगरपालिका–१५ का २८ वर्षीय तबरेज अन्सारी, २२ वर्षीय अभिषेक चौधरी र अटो चालक ३५ वर्षीय ओमजित साहलाई पक्राउ गरिएको हो। तीनै जनालाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–४ स्थित बक्राहा पुलबाट शनिबार पक्राउ गरिएको उनले बताए। 

जोशीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ह ६३०९ नम्बरको अटो नियन्त्रणमा लिएर खानतलासी गर्दा भन्सार छली गरेर ल्याइएको अवैध कपडा फेला परेको थियो। अटोमा रहेकाहरुले कपडा खरिद गरेको बिल देखाउन नसकेपछि कपडा र अटोलाई नियन्त्रणमा लिँदै प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो। 

अटोबाट १ हजार ९२ थान टप्स र २० थान कुर्ता सलवार बरामद गरिएको जानकारी जोशीले दिए। बरामद कपडा करिब ३ लाख ३७ हजार ६ सय र अटो २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ। 

बरामद भएको कपडा र नियन्त्रणमा लिएको अटोसहित तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको डीएसपी जोशीले बताए।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.