प्रधानमन्त्री ओली आज धरान आउँदै, सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री ओली आज धरान आउँदै, सुरक्षा व्यवस्था कडा
फाइल तस्बिर ।

धरान : प्रधानमन्त्री केपी शर्मा ओली आज धरान आउने भएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दीक्षान्त समारोह उद्घाटन गर्न प्रधानमन्त्री ओली धरान आउन लागेका हुन्। 

प्रधानमन्त्री प्रतिष्ठानको कुलपति रहने प्रावधान छ। लामो समयसम्म रोकिएको प्रतिष्ठानको दीक्षान्त समारोह नभएका कारण प्रतिष्ठानबाट अध्ययन गरिसकेका डाक्टर र नर्सहरू दीक्षित हुन पाएका थिएनन्।

प्रधानमन्त्री धरान आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। विराटनगरदेखि धरानसम्मको कोशी लोकमार्गमा प्रहरी परिचालन गरिएको छ। धरानमा पनि पर्याप्त प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। 

ओली धरान आउने भएपछि रास्वपाका कार्यकर्ता र कोशी नामाकरण खारेजीको माग राख्दै आन्दोलन गरेका पहिचान पक्षधरहरूले विरोध गर्न सक्ने भन्दै प्रहरीले कार्यक्रमस्थल र वरपर पर्याप्त प्रहरी परिचालन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.