बब्लु ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय रेफ्री
काठमाडौं : नेपालका कुसल तेक्वान्दो खेलाडी तथा प्रशिक्षक बब्लु सिवाकोटीले ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय रेफ्री कोर्स उत्तीर्ण गरेका छन् ।
बब्लुले गत सेप्टेम्बर १७ देखि २५ तारिखसम्म काजकिस्तानको आस्थाना सहरमा आयोजना भएको ५७औं पुम्से सेमिनार कोर्स उतीर्ण गरेका हुन् । उनले यसअघि सन् २०२३ जनवरी १२ देखि १५ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सञ्चालन भएको ग्योरोगी रेफ्री सेमिनार कोर्स उतीर्ण गरेका थिए ।
काजकिस्तानमा विश्व तेक्वान्दोले सञ्चालन गरेको ५७औं पुम्से रेफ्री कोर्समा बब्लुसँगै नेपालका टिकाप्रसाद लिम्बू (टार्जन सुब्बा), भीमबहादुर विक, रेखमाया गुरुङ सुशीला राई र दुर्गामान तामाङ सहभागी थिए । उनीहरू सबैले सो कोर्स उतीर्ण गरेका छन् । यस्तै ग्योरोगी कोर्स विद्या राई, सुनिता विष्ट, बमबहादुर विक, सुशीला राई, रेखमाया गुरुङ र दुर्गामान तामाङले उतीर्ण गरेका छन् ।
सिवाकोटी विगत लामो समयदेखि तेक्वान्दो प्रशिक्षणमा सक्रिय छन् । उनले सीतापाइला तेक्वान्दो डोजाङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पाद गर्दै आएका छन् ।
सिवाकोटी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत हुन् । उनी संघको टेक्निकल डेलिगेट्स (टीडी) एवं पुम्से निर्णायक उपसमितिका संयोजक पनि हुन् । सिवाकोटी अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक पनि हुन् । सन् २०२३ अगस्टमा वल्र्ड तेक्वान्दोले सञ्चालन गरेको अनलाइन ‘लेभल वान कोचेज’ कोर्स उनले उतीर्ण गरेका थिए ।