भैरहवाबाट कतार एयरवेजले भोलिदेखि नियमित उडान गर्ने

भैरहवाबाट कतार एयरवेजले भोलिदेखि नियमित उडान गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान गर्ने भएको छ । कतार एयरवेजको उडानसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुग्नेछ ।

भैरहवा विमानस्थलबाट कतार एयरवेजले मंगलबार (भोलि) देखि दोहा कतार–भैरहवा–काठमाडौं–दोहा दैनिक एक उडान गर्ने नेपाल नागरिक उड्डन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । दोहाबाट उडान भर्ने एयरवेजको विमान प्रत्येक दिन २:४५ बजे भैरहवामा अवतरण गरेर यहाँबाट ४:४५ बजे काठमाडौंहुँदै दोहा प्रस्थान गर्ने तालिका छ ।

कतार एयरवेजले काठमाडौंबाट दैनिक चार उडान गर्दै आएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मतसम्भार सुरु भएको कारण दुई उडान कटौती भएपछि एयरवेजले भैरहवालाई ट्रान्जिट बनाएर दैनिक एक उडान सुरु गर्ने भएको छ ।

एयरेवेजले मंसिर १५ गतेसम्म उक्त रुटमा दैनिक एक उडान गर्ने गरी प्राधिकरणमा जाडोयामको तालिका पेश गरेको थियो । जुन आइतबार प्राधिकरणले स्वीकृत गरेसँगै एयरवेजको भैरहवाबाट उडान गर्ने बाटो खुलेको हो ।  उनका अनुसार मंसिर १५ गतेसम्मका लागि पेश गरेको तालिका स्वीकृत भएकोले एयरवेजले १९ वटा उडान गर्ने अनुमति पाएको छ ।

एयरवेजले मंसिर १५ गतेसम्म मात्र अनुमति मागेपनि क्रमशः एयरवेजले नियमित उडान गर्ने प्राधिकरणको अपेक्षा छ । भैरहवा विमानस्थलबाट गत शुक्रबारदेखि थाइ एयर एशिया सातामा दुईवटा र शनिबारदेखि नेपाल एयरलाइन्सले सातामा चारवटा, फ्लाई दुबईले दैनिक एउटा र जजिरा एयरवेजले सातामा तीनवटा नियमित उडान थालिसकेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.