महिला सशक्तीकरणका क्षेत्रमा उपलब्धि भए पनि चुनौती धेरै छन् : परराष्ट्रमन्त्री

महिला सशक्तीकरणका क्षेत्रमा उपलब्धि भए पनि चुनौती धेरै छन् : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालमा लैंगिकक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरू पनि रहेका बताएकी छन्।

राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री राणाले ३० वर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरूको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैंगिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएका बताइन्।

'मलाई लाग्छ नेपालका महिलाहरूले अहिले प्राप्त गरेका संवैधानिकलगायतका अधिकारहरूको बिजारोपण ३० वर्षअघिको बेइजिङ सम्मेलनमा भएको हो। सो चौथो विश्व महिला सम्मेलनले लैंगिक समानता, महिला सशक्तीकरण, महिलाविरुद्धका हिंसाको उन्मुलनलगायतका १२ वटा क्षेत्रका प्रतिबद्धता अघि सारेको थियो,' उनले भनिन्।

सो बेइजिङ सम्मेलनमा आफ्नो सक्रिय सहभागिता रहेको स्मरण गर्दै त्यसयता नेपालका महिलाहरूले अघि बढाएको अभियानले देशमा महिलाका क्षेत्रमा धेरै काम भएका तथा प्रजनन् स्वास्थ्यदेखि धेरै अधिकारहरू महिलाले संवैधानिकरूपमै प्राप्त गरेका उनले बताए।

सम्मेलनपछिका ३० वर्षमा महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि अझै धेरै काम गर्न भने बाँकी रहेको मन्त्री राणाको भनाइ थियो। 'महिला र यहाँका बालिकाहरूले आर्थिक सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा समान पहुँच आदि क्षेत्रमा अहिले पनि चुनौतीहरूको सामना गर्नु परिरहेको छ। यसबारेमा पनि सोच्नुपर्छ र तिनको समाधानका लागि सरकार र नागरिक समाज एकताबद्ध भइ अघि बढ्नुपर्छ,' उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.