उपनिर्वाचनमा पर्यवेक्षणका लागि निवेदन आह्वान

उपनिर्वाचनमा पर्यवेक्षणका लागि निवेदन आह्वान
सुन्नुहोस्

काठमाडौं : निर्वाचन  आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन आह्वन गरेको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन निर्देशिका २०८१ को अनुसूची-६३ बमोजिम निवेदनका लागि कार्त्तिक २६ देखि ३० गतेसम्म पाँच दिनको समय दिइएको छ।

आयोगका अनुसार पर्यवेक्षणको स्वीकृति प्रदान गर्नुपूर्व सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट सामान्य जानकारीमूलक अन्तरक्रिया गरी वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिने छ।

आयोगका प्रवक्ता सापकोटाका अनुसार आयोगले निर्वाचन सम्पन्न भएको एक महिनाभित्र अनिवार्यरुपमा प्रतिवेदन लिइ सो उपर छलफल कार्यक्रम गर्ने निर्णय गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.