विश्व तेक्वान्दो संघका अध्यक्ष चोलाई स्वागत, मिडियाकर्मी पछाईलाई सम्मान

विश्व तेक्वान्दो संघका अध्यक्ष चोलाई स्वागत, मिडियाकर्मी पछाईलाई सम्मान
सुन्नुहोस्

काठमाडौं : नेपाल तेक्वान्दो संघले विश्व तेक्वान्दोका अध्यक्ष डा. चुङ वन चोलाई सोमबार काठमाडौंमा स्वागतसहित सम्मान गरेको छ। विगत लामो समयदेखि खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय संस्था गुडविल कोअपरेसन सर्भिस इन्टरनेसनलका अध्यक्षसमेत रहेका चो गतसाता नेपाल भ्रमणमा आएका थिए।

सोमबार आयोजित कार्यक्रममा अध्यक्ष चो ले जिसिएस् नेपाल च्याप्टरका नवनियुक्त सदस्यहरू ई. सञ्जीव रेग्मी, दिलबहादुर ओली, भानबहादुर चन्द, कासिम मिया, मदन केसी, साम्राज्य विक्रम पाण्डे, राम चन्द्र श्रेष्ठ, राम गिरी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी, केशव पुरी, दिपेन्द्र कुमार श्रेष्ठ, अस्विनी कुमार ढकाल, मानषी चन्द, चारु विष्ट, प्रल्हाद थापा, बन्दना राई र एलिसा वैद्यलाई सदस्यताको प्रमाणपत्र वितरण गरे।

सो अवसरमा अध्यक्ष चो ले जीसीएसको अभियान र नेपाली तेक्वान्दो खेलको विकासमा अतुलनीय योगदान र उल्लेख्य भूमिका प्रदान गरेबापत् कान्तिपुर टिभीका प्रमुख कार्यकारी अधिकृत सिइओ शिशिर पछाईलाई सम्मान गरे। सो अवसरमा मन्तव्य व्यक्त गद अध्यक्ष चोले नेपालको तेक्वान्दो खेलले प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै आगामी ओलम्पिक खेलबाट उच्च पदक प्राप्तिको कामना गर्दै विश्व तेक्वान्दो र जी सीएस् इन्टरनेशनलद्वारा सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

ललितपुर, सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा आयोजित सो कार्यक्रममा केन्द्रीय, प्रदेश तथा जिल्ला तेक्वान्दो संघका पदाधिकारीहरु लगायत तेक्वान्दो प्रशिक्षक, राष्ट्रिय तथा पारा राष्ट्रिय टिमका खेलाडीहरुको उपस्थिति रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.