अर्घाखाँचीमा हरिबोधनी एकादशीको सार्वजनिक बिदा

अर्घाखाँचीमा हरिबोधनी एकादशीको सार्वजनिक बिदा
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीका तीन स्थानीय सरकारले  हरिबोधनी एकादशीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन्।

सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका र भूमिकास्थान नगरपालिकाले हिन्दु धर्मावलम्बीको महानपर्व हरिबोधनी एकादशीको अवसरमा आज  मंगलबारका लागि सार्वजनिक विदा दिएका हुन् ।

शितगंगा नगरपालिकाले एक सूचना जारी गरि स्थानीय सार्वजनिक बिदा दिएको र नगरपालिका अन्तर्गतका कार्यालय, शिक्षण संस्थाहरू रअत्यावश्यक सेवा बाहेक स्वास्थ्य संस्थाहरूसमेत बन्द रहने नगर प्रमुख स्तरीय बैठकबाट निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसीले बताए ।

सन्धिखर्क नगरपालिका अन्तर्गतका कार्यालय तथा शिक्षण संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको सन्धिखर्क नगरपालिकाका सूचना अधिकारी शाखा अधिकृत मञ्जु खनालले बताइन् ।

हिन्दु धर्मावलम्बीले मनाउने हरिबोधनी एकादशीको पावन अवसरमा भूमिकास्थान नगर भित्रका कार्यालय तथा शिक्षण संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाका सूचना अधिकारी कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.