अक्षय फलदायी हरिबोधिनी एकादशी

अक्षय फलदायी हरिबोधिनी एकादशी

हिन्दु धर्मालम्बीको पात्रोअनुसार चान्द्रमासअनुसार महिनाको ११औं दिनलाई एकादशी भनिन्छ। प्रत्येक महिनामा दुईवटा एकादशी पर्छन्। कात्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ। मूलतः एकादशीमध्ये उत्तम एकादशी भएकाले यो दिनलाई ठूली एकादशी पनि भनिन्छ। यस दिन विधिवत् तुलसीको विवाह गरिन्छ। हरि भनेका साक्षात् विष्णु भगवान् हुन्। बोधिनीको अर्थ जागृत हुने वा उठ्ने भन्ने अर्थ हुन्छ।

हिन्दु धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी भनिएको हो। यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह गरिदिने चलन छ। एकादशी तिथिमा भगवान् विष्णुको उपासना गरी व्रत बस्ने परम्परा छ। त्यस्तै महाभारतमा पनि भगवान् श्रीकृष्णले युधिष्ठिरलाई यस दिन गरिएका स्नान, दान, तप आदि सबै कर्म अक्षय फलदायी हुने बताएका छन्। यस दिन विशेष पूजा गरी तुलसीको विवाह गरिदिने र द्वादशीका दिन तुलसीको विशेष पूजासँगै नवान्न (नयाँ अन्न)को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गर्नुपर्ने धार्मिक मान्यता छ। यो क्रम मार्गशीर्ष कृष्ण पक्षको पञ्चमीसम्म रहन्छ।

हिन्दुको बाहुल्य रहेको देश नेपालमा वर्षभरि पर्ने २४ एकादशीमध्ये आषाढ शुक्ल एकादशी र कात्तिक शुक्ल एकादशीमा विष्णुको उपासना गर्दा बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ। प्रत्येक साढे दुई वर्षपछि एउटा अधिकमास अर्थात् पुरुषोत्तम महिना पर्छ। त्यतिबेला भने दुइटा एकादशी पद्मिनी र परमा थप हुने भएकाले मलमास परेको सालमा भने २६ वटा एकादशी पर्छन्। प्रत्येक एकादशीको आआफ्नै अलग नाम र परिचय छ भने सबैको भिन्नाभिन्नै व्रत उपवासको फल तोकिएको छ। त्यसमध्ये हरिबोधिनी एकादशी पनि एक हो। यस वर्षको कात्तिक २७ गते यो एकादशी पर्न आएको छ। सो दिन तुलसीको विवाह गर्ने एकादशी पनि भनिन्छ यस दिनलाई। सामान्यतया द्वादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ। यसमा भन्ने नै हो भने दिनको प्रातः समय एकादशी, मध्यदिनभरि द्वादशी र भोलि सूर्योदयअघि त्रयोदशीतिथि स्पर्श भएको एकादशीलाई त्रिस्पृशा एकादशी भनिन्छ। यस्तो पर्व परेमा अन्य एक हजार एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ।

एकादशीका दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्यासम्मको दोषबाट मुक्ति पाइने र सयौं अश्वमेध यज्ञ गरको फलसमेत पाइन्छ। फलतः शुक्लपक्ष पुनर्वसुु नक्षत्रले युक्त भएको एकादशी जया हो। शुक्लपक्ष श्रवण नक्षत्रले युक्त विजया हो, द्वादशीमा रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ। यस्तो नक्षत्र विशेषको एकादशी परेमा एक वर्षसम्म नित्य एक पाथी तिल दान गरेको वा एक हजार एकादशीको उपवास गरेको पुण्य प्राप्त हुन्छ। फलतः फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ। यसमा पनि कात्तिक शुक्लपक्षको हरिबोधिनी एकादशी व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास छ। यसलाई ठूली एकादशीको रूपमा पनि मान्ने गरिन्छ। ठूली एकादशीका घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्छन्।

तुलसीको मठलाई गोबरमाटोले लिपपोत गरी सेतो, रातो र पहेंलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिंगो गाडी पूजा गरिन्छ। यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन छ। सम्भव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ। यस एकादशीमा रातभरि जागेर हरिनाम ­संकीर्तन गर्नाले भगवान् विष्णु अत्यन्त प्रसन्न हुने गर्नुहुन्छ। जसमा विवाहादी समस्त मांगलिक कार्यको शुभारम्भमा भगवान् विष्णुलाई साक्षी राखेर संकल्प गर्ने चलन छ।

अतः चतुर्मासमा प्रभावित रहने मांगलिक कार्यको प्रतिबन्ध हरिबोधिनी एकादशीका दिन समाप्त हुन्छ। त्यसैले आजकै दिनबाट विवाहादी शुभ कार्य पुनः प्रारम्भ हुन्छन्। यसरी पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी­ माहात्म्यका अनुसार हरिबोधिनी एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूर्य यज्ञको फल प्राप्त हुन्छ। यस परम पुण्यप्रदा एकादशीको विधिवत् लिएको व्रतले सबै पाप भष्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त बैकुण्ठ पुग्छ। यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जेजस्तो जप­तप, स्नान­दान, होमादी गर्छन्, ती सबै अक्षय फलदायक हुन्छन्।

एकादशीका दिन तुलसी विवाहोत्सव पाणि मनाउने चलन छ। विष्णुले वृन्दासित छल गरेको जब सत्य कुरो चाल पाइन्, तिनले विष्णुलाई श्राप दिइन्। यसमा वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए। विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसैबेला त्यहाँ प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गण्डकी नदीका रूपमा रहनेछ तथा केश तुलसीका रूपमा पूजित हुनेछ। तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिनेछ। त्यसदिनदेखि के मान्यता छ भने कार्तिक शुक्ल एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको गराउनाले कन्यादानको फल प्राप्त हुन्छ। व्यक्तिलाई विष्णु भगवान्सरह प्रसन्नता प्राप्त हुन्छ। यस व्रतको प्रभाव मनको दृढ संकल्प नै हो, मनोबल वृद्धि हो, चित्तशुद्धि हो, धर्मपरायण र सात्विक भावको विकास हो।

काम्य र नित्य गरी व्रतका दुई स्वरूप छन्। उद्देश्य एवं कामनापरक काम्य उपासना हुन्छ। कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ। यसरी नित्य र निष्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बन्ने हुन्छ। कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ। एकादशीव्रती निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ। यस व्रतको प्रभावले कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छ। जुन तुलसीको महŒव जीवनको उदयदेखि अन्त्यसम्म छ। यसमा कुश, तुलसी, पीपलको महŒव पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरूका लागि जीवनको हृदय झैं महŒव रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा पाइन्छ। यसर्थ, हरिबोधिनीमा सो तुलसीलाई संकल्पसमेतको अनुष्ठानमा विष्णु भगवान्सँग विवाह गराइन्छ। यसै विवाह कर्मले ठूली एकादशी भनिएको अनुमान लगाउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.