विराटनगरमा घरको छतबाट लडेर कानुन व्यवसायीको मृत्यु

विराटनगरमा घरको छतबाट लडेर कानुन व्यवसायीको मृत्यु
सुन्नुहोस्

विराटनगर : विराटनगरमा आफ्नै घरबाट लडेर एक जना कानुन व्यवसायीको मृत्यु भएको छ । वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित आफ्नै घरबाट लडेर आइतबार दिउँसो फुयाँल गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मंगलबार बिहानका राति १२:३५ बजेतिर मृत्यु भएको अधिवक्ता सञ्जयकुमार मेहताले जानकारी दिए । फुयाँलको न्युरो अस्पतालमा उपचार भइरहेको थियो । 

मेहताका अनुसार फुयाँल घरको छतबाट चिप्लिएर खसेका थिए । फुयाँलको घर मोरङ जिल्ला अदालतनजिकै पर्छ । फुयाँल घरको दुई तलामाथिको करिब २० फिट अग्लो रेलिङबाट खसेको अधिवक्ता मेहताले बताए । 

‘उहाँ आफ्नै घरको २ तलामाथिबाट खसेर घाइते हुनु भएको थियो । पुरानो घरको छतमा लेउ लागेको रहेको छ । चिकित्सकले धेरै प्रयास गर्दा पनि बचाउन सक्नु भएन,’ उनले भने । फुयाँल मोरङ बारका सदस्य थिए । 

शवलाई तत्कालका लागि न्युरो अस्पतालकै शव गृहमा राखिने भएको छ । छोरा र छोरी अमेरिकामा रहेका कारण उनीहरु आइसकेपछि अन्त्येष्टिका लागि प्रक्रिया अघि बढाउने तयारी रहेको मेहताले बताए । फुयाँलका पत्नी, १ छोरा र १ छोरी थिए । विराटनगरमा उनको ‘फुयाँलको कानुनी सेवा’ नामक ‘ल फर्म’ चलाउँदै आएका थिए । 

प्रहरीका अनुसार शवको पोस्टमार्टम कोशी अस्पतालमा गरिने छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.