सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पूर्वगृहमन्त्री लामिछानेलाई रुपन्देही ल्याइँदै

सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पूर्वगृहमन्त्री लामिछानेलाई रुपन्देही ल्याइँदै
सुन्नुहोस्

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइदैँछ । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याउन लागिएको हो ।

null

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानलाई मंगलबार बयानका लागि रुपन्देही ल्याउन लागिएको हो । पोखराबाट बिहान ७:४५ बजेको बुद्ध एयरको फ्लाईटमा रुपन्देही ल्याउने तालिका भएपनि मौसमका कारण भैरहवा विमानस्थल बन्द रहेकोले पोखराबाट विमानले उडान भरेको छैन ।

रविलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय लैजाने र त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लैजाने तालिका रहेको प्रहरी स्रोतले जनाएको छ ।

भैरहवा विमानस्थल बाहिर रास्वपाका नेता, कार्यकर्ता जम्मा भएका छन् । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै उनीहरूलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ । साथै, भैरहवा विमानस्थलमा कडाईका साथै भैरहवामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

nullnullnullnull
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.