सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याइयो

सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याइयो
भैरहवा विमानस्थलमा रवि लामिछाने। तस्बिर : सलमान खान

भैरहवा : पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलनको विषयमा अनुसन्धान गर्न रुपन्देही ल्याइएको छ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रुपन्देही ल्याइएको हो । 

भैरहवा ल्याइएका रविलाई हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लगिने र त्यसपछि बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिने तयारी रहेको प्रहरी स्रोतले बतायो । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई भैरहवा ल्याउने भएपछि रास्वपा नेता, कार्यकर्ता भैरहवा विमानस्थल बाहिर जम्मा भएका छन् । 

रास्वपाले सभापति लामिछाने पक्राउको विरोधमा भैरहवामा विरोधका कार्यक्रम गर्न लागेको छ । उक्त संकेत पाएपछि सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रहरीले रास्वपाका नेता, कार्यकर्तालाई विमानस्थलभित्र प्रवेशमा रोक लगाएको छ । विमानस्थल क्षेत्रका साथै भैरहवामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.