नेपालको कोप–कूटनीति

नेपालको कोप–कूटनीति

‘जलवायु संकटको दौड हामीले हारिसकेका छौं तर यो दौड फेरि पनि हामी जित्न सक्छौं’, हालैमात्र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भनेको वाक्य हो यो । ‘हारिसकेका छौं’ भन्नुले विश्वलाई नै हतोत्साही बनाएको छ भने ‘जित्न सक्छौं’ भन्ने शब्दले आशा अझै बाँकी छ भन्ने बताउँछ । यो कूटनीतिक वाक्यले एकातिर विश्वभरका १९५ राष्ट्रका ८.२ मिलियन बासिन्दालाई ‘जोखिमपूर्ण जीवन’को सामना गर्न तयार होऊ भनिरहेछ भने अर्कोतर्फ ‘हामी सबै’ ८.२ मिलियन नागरिक सचेत हुने र प्रकृतिलाई आत्मसात् गर्ने हो भने ‘पुनर्जीवन’ पाउने अपेक्षा पनि दिलाएको छ ।

त्यसैले सायद उनले दुबईमा गतवर्ष सम्पन्न कोप–२८ मा जोड दिएरै बोलेका थिए, ‘जलवायु परिवर्तनका कारण देखिएको बढ्दो तापमान रोक्न सबै फोसिल फ्युल्सको प्रयोगमा समग्ररूपमा रोक लगाउन आवश्यक छ ।’ पेरिस सम्झौताले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्रै सीमित राख्ने महŒवाकांक्षी लक्ष्य राखेको थियो, तर पछिल्ला सम्मेलनहरूमा प्रस्तुत तथ्यांकले देखाएको वास्तविकता ठीक विपरीत छ, डरलाग्दो छ । जुन लक्ष्य प्राप्त गर्न अझै धेरै काम गर्न बाँकी देखिन्छ ।

जलवायु न्याय, वित्तीय सहायता र स्थानीय अनुकूलन : अरजरबैजानको बाकुमा कात्तिक २६ सोमबारदेखि सुरु जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्षराष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) मंसिर ७ गतेसम्म चल्दैछ । सम्मेलनमा भाग लिन नेपालका तर्फबाट राष्ट्रप्रमुख रामचन्द्र पौडेल पुगेका छन् । जहाँ उनले हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउने कार्यक्रम छ । तर, यतिले मात्र सम्मेलनमा सहभागी विश्वका सबैजसो मुलुकमा नेपालको दरिलो उपस्थिति जनिँदैन । त्यसैले पनि जलवायु न्याय, वित्तीय सहायता र स्थानीय अनुकूलन रणनीतिमा केन्द्रित हुनुपर्ने देखिन्छ ।

नेपालजस्ता देशहरूको नवीकरणीय ऊर्जा परियोजनामा वित्तीय र प्राविधिक सहयोगको आवश्यकता स्पष्ट छ, जसले दीर्घकालीन वातावरणीय सन्तुलन कायम गर्न सघाउँछ ।

यो किनभने जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली र विकासशील राष्ट्रहरूमा गम्भीर ढंगले परेको देखिएको छ । गम्भीर प्राकृतिक विपद्हरूको सामना गरिरहनु परेको र हिमाली क्षेत्रको पारिस्थितिकी तन्त्रमा अनेक नोक्सान भइरहेकाले पनि नेपालमा जलवायु अनुकूलन अत्यावश्यक भएको छ । उसो त वन तथा वातावरण मन्त्रालयका अनुसार ६ वटा विषयगत कार्यपत्रको तयारी नेपालले गरेको छ जसमा जलवायु वित्त, जलवायुजन्य हानिनोक्सानी, न्यूनीकरण कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन र समावेशिता छन् ।

कोप–२९ मा नेपालको आवाज के हुनुपर्छ ? : नेपालले विश्व समुदायसँग अनुकूलनका लागि थप सहयोग र जलवायु वित्तीय सहायताको माग राख्नुपर्ने हुन्छ । कोप २८ मा उठाइएको जलवायुजन्य हानि–नोक्सानी कोषलाई थप प्रभावकारी बनाउन नेपालले जोडदार आवाज उठाउनै पर्ने हुन्छ । नेपालले उक्त कोषबाट विकासशील देशहरूको सशक्तीकरणमा जोड दिन आवाज उठाउन सक्छ । नेपालजस्ता देशहरूको नवीकरणीय ऊर्जा परियोजनामा वित्तीय र प्राविधिक सहयोगको आवश्यकता स्पष्ट छ, जसले दीर्घकालीन वातावरणीय सन्तुलन कायम गर्न सघाउँछ । यसका अलावा नेपालले जलवायु न्यायको सिद्धान्तलाई समर्थन गर्दै कम विकसित र प्रभावित देशहरूको प्रतिनिधित्वलाई बलियो बनाउनुपर्ने देखिन्छ । जलवायु परिवर्तनका लागि जिम्मेवार देशहरूले विकसित राष्ट्रहरूलाई जवाफदेही बनाउन र कार्बन उत्सर्जन घटाउने कदममा तीव्रता ल्याउन पनि नेपालले आग्रह गर्न सक्छ ।

नेपालले ग्रामीण समुदायहरूमा आधारित जलवायु अनुकूलन कार्यक्रमहरूमा पनि जोड दिनुपर्छ, जसमा कृषि, जल व्यवस्थापन र पग्लँदो हिमाली अवस्थाको सुरक्षाअन्तर्गत विशेष योजना समेट्न सकिन्छ । यसले नेपाललाई जलवायु अनुकूलन योजनाहरूमा अग्रसर बनाउनेछ । जसले जलवायु परिवर्तनबाट प्रभावित समुदायहरूको प्रत्यक्ष फाइदाका लागि मार्ग प्रशस्त गर्नेछ । यसरी, कोप २९ मा नेपालले वित्तीय सहयोग, जलवायु न्याय, र स्थानीय अनुकूलन रणनीतिहरूको मुद्दालाई सशक्त रूपमा उठाउँदै अन्तर्राष्ट्रिय समुदायलाई योगदान पुर्‍याउने देखिन्छ ।

विश्वव्यापी कार्बन उत्सर्जन : गत वर्षको तथ्यांकले विश्वव्यापी कार्बन उत्सर्जन ४०.६ खर्ब टन पुगेको देखाउँछ । जुन २५० वर्षअघिको तुलनामा वायुमण्डलमा रहेको कार्बन ५० प्रतिशतले बढेको तथ्यांक हो । यो बढ्दो क्रममा रहेकाले यसअघि पेरिस सम्झौताले चालु शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान १.५ डिग्रीमा सीमित राख्ने निर्णयलाई चुनौती दिएको छर्लंग छ । विश्व वायुमण्डलको अवस्था यति खस्कँदो छ कि लेखको सुरुमा राष्ट्रसंघका महासचिवले भनेको वाक्यले पुष्टि गरिसकेको छ । तर पनि अमेरिका र भारतजस्ता ठूला देश सम्मेलनका निर्णय स्वीकार्न तयार छैनन् ।

जीवाश्म इन्धनले विश्व तापमान बढाएकोमा दुईमत छैन तर यसको प्रयोगमा रोक लगाउन सक्ने अवस्था पनि देखिन्न । यसो गर्न नसके विश्व ‘सामूहिक आत्महत्याको बाटोमा...!’ जानुपर्ने अवस्थाको संकेत-आवाज उठिरहेका छन् । यद्यपि कोप–२९ को तयारी मुख्य मुद्दा जलवायु न्याय र अनुकूलनमा केन्द्रित हुने अनुमान गरिएको छ । विशेषगरी, विकासोन्मुख राष्ट्रहरूलाई अझ प्रभावकारी आर्थिक सहयोग र प्रविधि हस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा विभिन्न अन्तर्राष्ट्रिय विश्लेषकहरूले सुझाएका छन् ।

कोप सम्मेलनहरूको समीक्षा : विश्व परिवेश हेर्ने र समीक्षा गर्ने हो भने सन् १९९५ मा बर्लिनमा सम्पन्न पहिलो कोपबाट सुरु भएको यो यात्रा महŒवपूर्ण छ । यसमा कोप–३ (१९९७) अन्तर्गतको क्योटो प्रोटोकलले विकसित राष्ट्रहरूलाई बाध्यकारी उत्सर्जन लक्ष्यहरू तोकेको थियो भने सन् २०१५ को पेरिस सम्झौताले तापक्रम वृद्धिलाई १.५ डिग्रीभित्र सीमित राख्ने विश्वव्यापी लक्ष्य तय गरेको थियो । सन् २०२३ मा दुबईमा आयोजित कोप–२८ ले जलवायु परिवर्तनबारे भइरहेको अन्तर्राष्ट्रिय वार्तालाई थप प्रभावकारी बनाएको थियो ।

जसको मुख्य उपलब्धि भनेको पहिलोपटक विश्वव्यापी ‘ग्लोबल स्टकटेक’ सम्पन्न हुनु हो, जसले जलवायु लक्ष्यमाथि भएका प्रगतिहरूको समग्र मूल्यांकन गरेको थियो । जसले हालका सबै प्रयासले पनि १.५ डिग्रीको सीमा पूरा गर्न नसक्ने देखाएको थियो । त्यसैले कोप–२८ ले सन् २०२५ सम्म राष्ट्रिय रूपमा तोकिएका योगदान अझ सशक्त बनाउन आग्रह गर्नु परेको थियो । सम्मेलनमा सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा क्षमतालाई तीन गुणा बढाउने र ऊर्जा दक्षता दोब्बर बनाउनेजस्ता नयाँ लक्ष्यसमेत तय गरिदियो ।

ग्रिन क्लाइमेट फन्ड, फोसिल फ्युल र फेज डाउन : कोप–२८ ले हानि–नोक्सानी कोष कार्यान्वयन गर्ने महŒवपूर्ण कदम चालेको छ, जसले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूलाई आर्थिक सहयोग पुर्‍याउँछ । यसका अतिरिक्त ‘ग्रिन क्लाइमेट फन्ड’जस्ता वित्तीय संरचनाहरूमा १२.८ अर्ब डलरको योगदान प्रतिबद्धता गरिएको छ । जसले विश्वस्तरीय वातावरणीय रूपान्तरण र विकासशील मुलुकहरूको अनुकूलन रणनीतिहरूलाई समर्थन गर्नेछ ।

यद्यपि यो उपलब्धि उत्साहजनक भए पनि दिगो ऊर्जा रूपान्तरण र अनुकूलनका लागि अझै धेरै लगानी आवश्यक रहेको विज्ञहरूको तर्क छ । यस कोपले पहिलोपटक औपचारिक रूपमा ‘फोसिल फ्युल’लाई ‘फेज डाउन’ गर्ने आह्वान गरेको छ । कोप–२८ मा विभिन्न क्षेत्रका नेताले समावेशी र बहुपक्षीय दृष्टिकोणबाट जलवायु कार्यको महŒवलाई जोड दिएका छन् । जसले सन् २०५० सम्म ‘नेट जिरो’को लक्ष्य हासिल गर्न मद्दत गर्नेछ ।

जलवायु न्यायमा नेपालको भूमिका : जलवायु न्यायका सन्दर्भमा नेपालले विकासोन्मुख देशहरूलाई केही महŒवपूर्ण सुझाव दिन सक्छ । जसले उनीहरूको हितमा दिगो र समानुपातिक विकास सुनिश्चित गर्न सक्छ । जस्तै:

वित्तीय सहयोगमा वृद्धि : जलवायु परिवर्तनको प्रभावले सबैभन्दा बढी प्रभावित विकासोन्मुख देशहरू भएका कारण तिनले ठूला अर्थतन्त्र र प्रदूषणकारी मुलुकहरूबाट पर्याप्त वित्तीय सहयोगको माग गर्नुपर्छ ।

स्थानीय अनुकूलन रणनीति : जलवायु परिवर्तनको प्रभावलाई सामना गर्न स्थानीय स्तरमा आधारित अनुकूलन रणनीति अपनाउन जरुरी छ ।

प्राविधिक हस्तान्तरण र क्षमता विकास : जलवायु परिवर्तनको सामना गर्न नवीनतम प्रविधिहरूको आवश्यकता पर्ने हुनाले उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोग र क्षमता विकासको माग गर्नुपर्छ ।

जलवायु न्यायको अवधारणामा बल दिनु : जलवायु न्याय भनेको तीव्र उत्सर्जन गर्ने विकसित राष्ट्रहरूले प्रदूषणको मूल्य चुकाउने र अल्पविकसित वा विकासोन्मुख देशहरूको क्षतिपूर्ति गर्ने सिद्धान्त हो ।

खासमा, नेपालले यो अवधारणालाई समर्थन गर्दै विकासोन्मुख राष्ट्रहरूको हकलाई जोडदार रूपमा उठाउन सक्छ । नेपालले यी सुझावलाई ध्यानमा राख्दै अन्य विकासोन्मुख राष्ट्रहरूलाई जलवायु न्यायको पक्षमा एकजुट हुन प्रेरित गर्न सक्छ । यसले एकातिर साझा आवाज उठाउन मद्दत गर्छ भने अर्कोतिर ठूला उत्सर्जक देशहरूलाई जवाफदेही बनाउन पनि बलियो आधार बनाउँछ । कोप–२९ मा राष्ट्रपति पौडेलको कूटनीतिको अग्निपरीक्षा हुँदैछ । कामना छ, राष्ट्राध्यक्षबाट नेपालको उचाई चुलिने कर्म होस् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.