सुप्रिम सहकारीको रकम अपचलन : सरकारी वकिल कार्यालमा पूर्वगृहमन्त्री लामिछानेको बयान जारी

सुप्रिम सहकारीको रकम अपचलन : सरकारी वकिल कार्यालमा पूर्वगृहमन्त्री लामिछानेको बयान जारी
भैरहवा विमानस्थलबाट सरकारी वकिलको कार्यालय लगिँदै। तस्बिर : सलमान खान

भैरहवा : पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालयमा बयान जारी रहेको छ। उनलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा भैरहवा ल्याएलगत्तै बयान सुरु भएको हो।

रुपन्देही अदालतले पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा भैरहवा ल्याइएको हो। बयान लिनका लागि जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ताहरु रहेको स्रोतको भनाई छ। 

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहित १२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पुर्जी जारी हुनेमा लामिछाने, छविलाल जोशी, दीपक लामा, अनन्तबाबु राई, बल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङ छन्।

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा  लामिछानेमाथि पोखरामा पनि अनुसन्धान जारी छ। पछिल्लो समय उनीमाथि हिरासतमा लिएर अनुसन्धान गर्न १३ दिनका लागि अदालतबाट म्याद थप भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.