कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा कुवेतविरुद्ध नेपालको शानदार विजय

कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा कुवेतविरुद्ध नेपालको शानदार विजय
सुन्नुहोस्

 

काठमाडौं :  महिला यु १९ टि ट्वान्टी विश्व कप एसिया छनोटमा नेपालले कुवेतलाई १६४ रनले पराजित गरेको छ । युएईमा भएको चौथो खेलमा नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा अल आउट हुँदै ४८ रन मात्र बनाएको हो।

कुवेतका लागि कप्तान जिफा जिलानीले ४२ बलमा ३६ रन बनाइन्। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न  सकेनन् । 

नेपालको जितका लागि कप्तान पूजा महतोको कीर्तिमानी शतक र कुवेतको ५ विकेट लिएकी थिइन्। उनले ४ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिइएकी हुन्। यसैगरी रचना चौधरी र सिमाना केसीले २/२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रनको योगफल तयार पारेको हो।

नेपालकी कप्तान पूजा महतोले कीर्तिमानी शतक पूरा गरेकी थिइन्। महतोले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट रहँदै १३० रन बनाइन्। पूजासँग साझेदारी गरेकी सोनी पाख्रिनले ४३ रन बनाउँदै अविजित रहिन्।

यसैगरी सावित्री धामीले ११ रन, साना प्रविनले ६ रनको योगदान गरिन्। कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले १/१ विकेट लिए। 

यस अगाडि नेपालले ३ खेलमा जित र युएईसँगको १ खेलमा हार व्यहोरेको थियो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन, दोस्रोमा कुवेतलाई १ सय ८ रन र चौथो  थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल युएईसँग १३ रनले पराजित भएको थियो।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ। नेपालको‌ अन्तिम खेल युएईसँग पुन खेल्नेछ। प्रतियोगितामा नेपाल, युएई, कुवेत र थाइल्याण्ड रहेको छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.