पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान

पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान
सुन्नुहोस्

काठमाडौं : ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)डिल्लीबजार कारागार चलान भएका छन् । 

मनाङेलाई मंगलबार काठमाडौंको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबा पौने ११ बजेतिर सीआईबीको टोलीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।उनका अनुसार मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । त्यसपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो । 

२०६१ सालमा मिलन गुरुङ (चक्रे)माथि खुकुरी प्रहार भएको मुद्दामा गुरुङलाई अदालतले दोषी ठहर गरेको थियो। काठमाडौं जिल्ला अदालतले कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो।

त्यसपछि उच्च अदालत पाटनले उक्त फैसला पल्टाउँदै ५ वर्ष कैद सजाय सुनाएको थियो। सोहि मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै गत मंगलबार ५ वर्ष कैदको फैसला सुनाएको हो।  उक्त फैसलालाई यहि कार्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.