वाटर स्यालुट

दोहाबाट आएको कतार एयरवेजको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

दोहाबाट आएको कतार एयरवेजको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
तस्बिर : सलमान खान

भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० बाट व्यवसायिक उडान सुरु गरेको छ। मंगलबार दोहाबाट भैरहवा विमानस्थलमा अवतरण भएको कतार एयरवेजलाई 'वाटर स्यालुट' दिइएको छ।

दोहाबाट ३३ जना यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको विमानबाट एक जना प्राविधिक भैरहवामा ओर्लिएपछि ३२ यात्रुसहित पुनः उक्त विमान यहाँबाट काठमाडौं प्रस्थानको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।

nullउनले कतार एयरवेजले दैनिक दोहा-भैरहवा-काठमाडौं-दोहा रुटमा एउटा उडान गर्ने बताए। उनका अनुसार नियमित तालिका अनुसार उक्त विमान दिउँसो २:४५ बजे भैरहवा अवतरण गर्ने गर्ने र यहाँबाट ४:४५ बजे काठमाडौं प्रस्थान गर्ने तालिका छ। र, त्यहाँबाट साँझ ६:५५ बजे दोहा जाने छ। 

कम्पनीले भैरहवा विमानस्थलबाट उडानका लागि मंसिर १५ गतेसम्म अनुमति लिएको छ। त्यसपछि पनि कम्पनीले भैरहवाबाट नियमित उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको अपेक्षा छ। 

कतार एयरवेजको उडानसँगै भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीको संख्या पाँच पुगेको छ। यस अघि नेपाल एयरलाइन्स, थाइ एयर एशिया, जजिरा एयरवेज र फ्लाई दुबईले भैरहवा विमानस्थलबाट नियमित उडान थालिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.