बाकुमा राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबीच भेटवार्ता हुँदै

बाकुमा राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबीच भेटवार्ता हुँदै
फाइल तस्बिर ।
सुन्नुहोस्

बाकु : राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मैज्जुबीच आज भेटवार्ता हुँदैछ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा सहभागी हुन आएका दुई देशका राष्ट्राध्यक्ष बीच भेटवार्ता हुन लागेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    
सार्कका सदस्य राष्ट्र नेपाल र माल्दिभ्सका राष्ट्रपतिबीच हुने भेटवार्तामा जलवायु परिवर्तनको असरबाट दुवै देशले भोग्नुपरेका समस्या र चुनौतीलगायत समसामयिक विषयमा छलफल हुने राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

छलफलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलगायतका उच्च अधिकारी रहनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.