२५ वर्षपछि कालीगण्डकी नदीमा सामूहिक रुपमा तोरण तारियो

२५ वर्षपछि कालीगण्डकी नदीमा सामूहिक रुपमा तोरण तारियो
सुन्नुहोस्

बागलुङ : बागलुङको कालीगण्डकी नदीमा २५ वर्षपछि सामूहिक तोरण तारिएको छ। हरिबोधनी एकादशी मेला व्यवस्थापन समिति बागलुङले मंगलबार बाबियो र कुशबाट बनाइएको १५० मिटर लामो तोरण कालीगण्डकी नदीमा तारेको हो। 

उक्त तोरण बागलुङ नगरपालिका–४ उपल्लाचौरको उपगौरी महिला समूहले बाटेको थियो भने पूजा र व्यवस्थापन एकादशी मेला व्यवस्थापन समितिले गरेको थियो। बागलुङमा २०५७ सालदेखि रोकिएको एकादशी मेला यस वर्षदेखि सुरु गरिएको हो। समितिले भजनकीर्तन, पञ्चेबाजासहित बागलुङ बजारबाट कालीगण्डकी नदीमा लगेर तारेको हो। 

उक्त अवसरमा स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले तोरण तार्ने कामदेखि अन्य कार्यमा पनि साथ दिएका थिए। एकादशीको अवसरमा स्थानीयहरूले तयार पारेको १० लाख बढी दीप प्रज्वलन कालीगण्डकी नदी किनारमा गरिएको समितिका अध्यक्ष रमेश राजभण्डारीले बताए। परम्परागत रूपमा एकादशी नुहाउन पनि कालीगण्डकी नदीमा सयौं मानिस पुगेका थिए। मेलालाई अबदेखि निरन्तरता दिने गरी प्रशासन र स्थानीयले सहमति गरेका छन्। 

समितिका अध्यक्ष राजभण्डारीले अब हरेक वर्ष फूलको डोली र तोरण तार्ने, भजन र पञ्चेबाजा लगायतका सांस्कृतिक नृत्य र झाँकी समेत प्रदर्शन गर्ने व्यवस्थापन गरिएको बताए। ‘ऐतिहासिक महत्वका पर्वलाई जीवन दिनुपर्छ भनेर पहल गरेका हौं,’ अध्यक्ष राजभण्डारीले भने,‘सबैले साथ र सहयोग गरेमा मेलाले जीवन पाउनेछ। एकादशी मेलालाई निरन्तरता दिन प्रशासनसँग सहमति गरेका छौं।’

हिन्दूधर्ममा हरिबोधिनी एकादशीको ठूलो महत्व छ। असाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह दामोदरसँग गरिदिने प्रचलन छ। एकादशीको दिन बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन्। तोरण तार्दा मानिसहरूले जानीनजानी गरेको पापबाट तर्ने विश्वास पनि गरिन्छ। 

एकादशीकै दिन बागलुङ नगरपालिका-१ भगवती टोलको कालिका महिला समूहले कालीगण्डकीमा तोरण तारेको छ। यस्तै एकादशीको दिन कालीगण्डकी नदीको निरयघाट, मालढुंगा, जैमिनीधाम, बेलबगरमा पनि धेरै व्यक्तिहरूले तोरण तारेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.