राजनीतिज्ञभन्दा विचौलियाहरू शक्तिशाली भए : मन्त्री पाण्डे
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले मतियार र विचौलियासँग कहिल्यै सम्झौता नगर्ने बताएका छन्।
राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इमानदार भएर काम गर्न खोज्नेहरूलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको बताए।
उनले भने, 'पहिला राजनीति गर्ने व्यक्तिहरू बलियो हुन्थे। अहिले स्वार्थ समूह शक्तिशाली भएको देखिरहेको छु।'उनले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारले आफूलाई मानमर्दन गरेको दाबी गरे।
'म पशुपतिनाथ मन्दिर अगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड त के कौडी खाएको पुष्टि गरेको दिन म पशुपतिनाथको ढोका अगाडि आएर राजनीतिक जीवन परित्याग गर्छु,' उनले भने।