नेपाल एसबिआई बैंक र एइसिसीबीच सम्झौता
नेपाल एसबिआई बैंक लिमिटेड र एइसी ग्लोबल नेपाल प्रालि (एइसिसी)बीच विदेशमा अध्ययन गर्न जाने विद्यार्थी लक्षित शैक्षिक कर्जा सहज रूपमा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र एइसिसीका तर्फबाट निर्देशक अजित सिंहबिच उक्त सम्झौतापत्र आदान–प्रदान भएको हो।
यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने अपेक्षा राखिएको छ। सो कार्यक्रममा बैंक तथा एइसिसीका अन्य पदाधिकारीहरूसमेतको उपस्थिति थियो।
हाल नेपाल एसबिआई बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।