पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
सुन्नुहोस्

काठमाडौं : कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले मन्त्री अधिकारीसहित ९ जनालाई ७ दिनको म्याद थपेका हुन्। मानव बेचबिखन तथा ओसारपसारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ। 

जापान भ्रमणसम्बन्धी विवादमा मुछिएपछि कोशीको अधिकारीले कोशीको आन्तरिक मामिला तथा कानुनमन्त्री मन्त्रीबाट राजीनामा दिएका थिए। 

नेकपा एमालेका अधिकारी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। एमालेले पनि उनलाई तत्कालका लागि पार्टीको सबै जिम्मेवारीबाट हटाइसकेको छ। एमाले प्रदेश संसदीय दलले अधिकारी पक्राउ परेको जानकारी प्रदेशसभा सचिवालयलाई दिएको छ। 

जापान भ्रमण प्रकरणको अनुसन्धानका लागि अधिकारीलाई प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेर काठमाडौं लगेको थियो। यसअघि प्रहरीले अदालतबाट २ दिनको म्याद लिएर उनीविरुद्ध लिखत तथा मानव बेचबिखनसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.