मनोनयन दर्ताअघि नै घरदैलो अभियानमा जुटे दलहरू

मनोनयन दर्ताअघि नै घरदैलो अभियानमा जुटे दलहरू
सुन्नुहोस्

दोलखा : मंसिर १६ गते हुने उपनिर्वाचनका लागि गौरीशंकर गाउँपालिकामा राजनीतिक दलका नेताहरू घरदैलो अभियानमा जुटेका छन्। राजनीतिक दलहरूले उम्मेदवारको टुंगो लगाएसम्म घरदैलो अभियान सुरु गरेका हुन्। 

२०७९ को स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिकामा श्यामसुन्दर तामाङ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। हृदयघातका कारण उनको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगले मंसिर २ गते मनोनयन दर्ता गर्ने मिति तोकेको छ। 

नेपाली कांग्रेसले स्व. श्यामसुन्दर तामाङकी धर्मपत्नी पासदिकी तामाङ, नेकपा एमालेबाट उमा शेर्पा, माओवादी केन्द्रबाट नीमलेकी शेर्पा, एकीकृत समाजवादीबाट रविना खड्का र राप्रपा नेपालबाट मानकुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसेकेको छ।

गत निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भए पनि यसपटक एक्लाएक्लै चुनाव लड्न लागेका हुन्। गाउँमा किसानहरू धान र कोदोलगायतका बाली भित्र्याइरहेका बेला नेताहरू घरदैलो अभियान गरिरहेका छन्। मतदातालाई भेट्न उनीहरू खेतबारीसम्मै पुगेका छन्। 

नेपाली कांग्रेसले आफ्नो चुनावी अभियान गौरीशंकर गाउँपालिका वडा नं. ५, भोर्लेमा सभा गरेर सुरुवात गरेको छ। कांग्रेसले स्व. श्यामसुन्दर तामाङको अधुरो काम पूरा गर्न उनकी धर्मपत्नी पासदिकी तामाङलाई उम्मेदवार बनाएको जनाएको छ।

त्यस्तै नेकपा एमालेले भने चुनावी अभियान गौरीशंकर गाउँपालिका वडा नं. ७, सिक्पास्वरबाट सुरु गरेको छ। एमालेले उमा शेर्पालाई उम्मेदवार बनाएको छ। उनी निर्माण व्यवसायी हुन्।

त्यस्तै माओवादी केन्द्रले नीमलेकी शेर्पालाई उम्मेदवार घोषणा गरेपछि घरदैलो अभियान तीव्र बनाएको छ। नीमलेकी शेर्पा यस क्षेत्रका विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहेकी छन्। उनी स्थानीय स्वास्थ्य स्वयंसेविका र सामुदायिक मेलमिलापकर्ता समेत रही काम गर्दै आएकी छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले गौरीशंकर गाउँपालिका वडा नं. ५, गुरुम्फीका मनकुमारी श्रेष्ठलाई उम्मेदवार घोषणा गर्दै घरदैलो अभियान सुरु गरेको छ। श्रेष्ठ विभिन्न सामाजिक कार्यमा सक्रिय र स्थानीय राजनीति सेवामा समर्पित छिन्। 

त्यस्ट्टै एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवार गौरीशंकर गाउँपालिका वडा नं. ५, घामताराका रविना खड्कालाई घोषणा गरेको छ। खड्का विद्यार्थी आन्दोलनबाट उदाएका र विभिन्न संघसंस्थामा सक्रिय युवा नेता हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी भने अझै उम्मेदवार चयन गर्न सकेको छैन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.