रैथाने खाना खाएर मनाइयो खाद्य दिवस

रैथाने खाना खाएर मनाइयो खाद्य दिवस
सुन्नुहोस्

काठमाडौं : रैथाने खाना खाएर मनाइयो खाद्य दिवस मनाइएको छ। कृषि तथा पशुपछी विकास मन्त्रालय, खाद्य दिवस मुल समारोह समितिको सहकार्यमा विश्व खाद्य दिवस मनाइएको हो। 

खाद्यका लागि कृषि अभियानको आयोजनामा भएको कार्यक्रममा अभियानका संयोजक उद्धव अधिकारीले रसायन, विषादी रहित खेती प्रणालीको आवश्यकता महसुस गराउन यस्तो कार्यक्रम आयोजना गरेको बताए। 

खाद्यका लागि कृषि अभियान पर्यावरण र प्रकृतिको बारेमा चासो राख्ने सम्पूर्णको साझा अभियान भएको बताउँदै उनले यस अभियानले साना सिमान्तकृत किसानको बारेमा, मानव स्वास्थ्यको बारेमा, पर्यावरण मैत्री खेती प्रणालीको बारेमा वकालत गर्दै आइरहेको बताए।  

कार्यक्रममा सिल्पि थ्रिएटरसँगको सहकार्यमा निर्माण गरिएको नाटक सट्टापट्टाको प्रदर्शन गरिएको थियो। नाटकमा कृत्रिम रसायन र विषादीले हावा पानी र माटो विशाक्त भएको र दीर्घकालमा मानिस पनि कृत्रिम हुन सक्ने विषय उठाइएको थियो।

नाटक समापनले समकालीन संकट प्रदर्शन गरेको र यसको उपाय खोज्न सबै लाग्नपर्ने नाटकका लेखक तथा निर्देशक युवराज घिमिरेले बताए। कार्यक्रममा विभिन्न थरि रैथाने खाना समेत खुवाइएको थियो भने पर्यावरणीय कृषिका सन्देशहरूको समेत प्रदर्शनी गरिएको थियो। मन्त्रालयका सचिव डा. गोविन्द शर्माले धेरै अघि विषादी र रसायनले बढाएको संकटलाई मध्यनजर गरेरै आइ पि एम खेती प्रणाली प्रोत्साहन गरेको बताए। 

योसँगै अब एकीकृत कृषि प्रणालीलाई प्रोत्साहन गरेर मात्रै समकालीन संकटबाट बच्न सकिने बताउँदै शर्माले सबैलाई हातेमालो गर्नका लागि आग्रह गरे। करिब ४ घण्टा सन्चालन भएको कार्यक्रममा अनौपचारिक छलफल र रैथाने खानाको स्वादसँगै सम्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.