उद्योगमा काटिएका बिजुलीका लाइन जोडिए

उद्योगमा काटिएका बिजुलीका लाइन जोडिए
फाइल तस्बिर ।
सुन्नुहोस्

२०७२ साउनदेखिको डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुलको छुट बिल भन्दै २०७६ मा प्राधिकरणले जारी गरेपछि यो विवादित बनेको हो ।

काठमाडौं : डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा उद्योगमा काटिएका विद्युत्का लाइन जोडिएका छन् । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले काटिएका लाइन जोड्ने निर्णय गरेको हो ।

सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित ऊर्जासचिव सुरेश आचार्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो । 

सरकारले आइतबार नै उद्योगका काटिएका लाइन जोड्ने निर्णय पछि मन्त्री खड्काले सोमबार नै प्राधिकरण सञ्चालक समिति बैठक डाकेका थिए । तर, केही समिति सदस्य उपत्यका बाहिर भएका कारण कोरम नपुगेपछि मंगलबार पुनः बैठक बसेको हो । 

यही आइतबारको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले काटिएका लाइन जोड्न र टाइम अफ डे(टीओडी) मिटरका आधारमा १५ दिनभित्र विवादित बक्यौता उठाउने निर्णय गरेको थियो । उक्त बैठकले लाल आयोग प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएको थियो । 

मन्त्री दीपक खड्काले सरकारको निर्णयअनुसार २४ घन्टाभित्र लाइन जोडिएको बताए । उनले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै १५ दिनभित्र बक्यौता उठाउने पनि जानकारी दिए । मन्त्री खड्काले प्राधिकरणले टीओडी मिटरको आधारमा बिल दिनुपर्ने र उद्योगीले सोको आधारमा बक्यौता तिर्नुपर्ने बताउँदै बिल दिन नसके प्राधिकरणका कर्मचारीमाथि र बक्यौता नतिरे उद्योगी माथि कारबाही हुने स्पष्ट पारे ।

यता, उद्योगहरूको काटिएको लाइन जोड्ने सरकारको निर्णयपछि प्राधिकरणले त्यसलाई कार्यान्वयन गरेको हो । प्राधिकरणले विवादित बक्यौता रहेका २८ उद्योगको लाइन यही कात्तिक ८ गते काटेको थियो । केहीले प्राधिकरणको किस्ता सुविधाअनुसार पहिलो किस्ता तिरेपछि केही लाइन काटिएर पनि जोडिएको थियो । अहिले सरकारको निर्णय कार्यान्वयन गर्दै काटिएका २८ उद्योगको नै लाइन जोडिएको प्रवक्ता चन्दन घोषले जानकारी दिए । 

२०७२ साउनदेखिको डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुलको छुट बिल भन्दै २०७६ मा प्राधिकरणले जारी गरेपछि यो विवादित बनेको हो । नियमित विद्युत् महसुल तिरिरहेका उद्योगीहरूले डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुल बक्यौता २०७२ साउनदेखि २०७७ असारसम्मको भएको प्राधिकरणको भनाइ हो । प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता हालसम्म करिब २२ अर्ब पुगेको छ ।

विवाद सुल्झाउन यसअघि गठन भएका समितिका सुझावहरू कार्यान्वयन हुन नसकिरहेको अवस्थामा प्रचण्ड सरकारले गठन गरेको पूर्व प्रधानन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा विवाद समाधान आयोगको प्रतिवेदन भने कार्यान्वयनमा आएको छ । गत वैशाखमा सरकारलाई बुझाइएको लाल आयोगको प्रतिवेदन कात्तिक २५ गतेको सरकारको निर्णयपछि कार्यान्वयनमा गएको हो । 

आयोगको प्रतिवेदनले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवादलाई तीन चरणमा बाँडेको छ । २०७२ साउनदेखि २०७२ पुससम्म, २०७२ माघदेखि २०७५ वैशाखसम्म र २०७५ जेठदेखि जेठमसान्तसम्मको समयलाई अध्ययन गरेको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनले भएका नीति, कानुन र ऐन तथा टीओडी मिटरका आधारमा बक्यौता उठान सुझाएको छ । डेडिकेटेड तथा ट्रंकलाइनका सम्बन्धमा विद्यमान कानुनी व्यवस्थासँगै प्राधिकरणले जारी गरेका सूचनालाई आधार बनाएर छुट बिल जारी गर्न सुझाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.