कोशीमा सत्तारुढ दलको संयन्त्र, एक हप्ताभित्र जिल्लासम्मै विस्तार गरिने

कोशीमा सत्तारुढ दलको संयन्त्र, एक हप्ताभित्र जिल्लासम्मै विस्तार गरिने
कोशीको दुई दलीय संयन्त्रका तर्फबाट आयोजित पत्रकार सम्मेलन । तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर  : सत्ता सहकार्यलाई प्रभावकारी बनाउन सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय संयन्त्र निर्माण गरिएको छ ।  दुई दलीय संयन्त्रमा एमालेका तर्फबाट कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा छन् । कांग्रेसका तर्फबाट पूर्वमुख्यमन्त्री एवं पार्टीका प्रदेश संसदीय दलका नेता उद्धव थापा र भौतिक पूर्वाधार विकासमन्त्री तथा पार्टीका कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई रहेका छन् । 

संयन्त्रको मंगलबार बसेको पहिलो बैठकले कांग्रेसका प्रदेश महामन्त्री उमेश थापालाई संयन्त्रको सदस्यमा थप गर्ने निर्णय गरेको छ । एमाले प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ७ बुँदे निर्णयसमेत गरेको छ । संयन्त्रले बुधबार बिहान विराटनगरमा पत्रकार सम्मेलन गर्दै बैठकको निर्णय सार्वजनिक गरेको हो । 

बैठकले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालैपालो गर्ने निर्णय गरेको छ । जसमध्ये एमालेबाट शेरधन राई र कांग्रेसबाट उद्धव थापाले पालैपालो बैठकको अध्यक्षता गर्ने छन् । पहिलो बैठकको अध्यक्षता राईले गरिसकेका कारण दोस्रोको थापाले गर्ने छन् । 

त्यस्तै, दुई दलीय संयन्त्र गठन सम्बन्धी जारी परिपत्र अनुसार संयन्त्रलाई प्रभावकारी बनाउने प्रतिबद्धता पहिलो बैठकले व्यक्त गरेको राईले बताए । उनका अनुसार बैठकमा नेपाली कांग्रेसको तर्फबाट सभापतिले तोकेको एक जना प्रतिनिधि रहने व्यवस्थाअन्तर्गत कांग्रेसका प्रदेश महामन्त्री उमेश थापालाई संयन्त्रको सदस्यमा थप गर्ने निर्णय भएको छ । 

प्रदेश संयन्त्रबाट सहजीकरण गरी एक हप्ताभित्र प्रदेशका १४ वटै जिल्लामा संयन्त्र गठन गर्ने निर्णय पनि बैठकमा भएको छ । राईका अनुसार अबको एक साताभित्रमा सबै जिल्लामा संयन्त्र बनिसक्ने छ । जिल्लास्तरीय संयन्त्रमा एमाले र कांग्रेसका ३–३ जना रहने उनले बताए ।

बैठकले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय तहको सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरी समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णयसमेत गरेको जानकारी राईले दिए । 

उनका अनुसार कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका मन्त्रीबीच प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा आगामी मंसिर १४ गते शुक्रबार विराटनगरमा छलफल गर्ने निर्णय बैठकमा भएको छ । बैठकले दुई दलीय संयन्त्रको कार्यलाई एउटै मर्म र गतिमा एकरुपताका साथ प्रभावकारी ढंगले अगाडि बढाउने उद्देश्यले प्रदेश तहमा १४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरुको संयुक्त बैठक तथा छलफलको आयोजना आगामी मंसिर २९ गते शनिबार विराटनगरमा गर्ने निर्णय गरेको छ ।

पूर्वमुख्यमन्त्री एवं कांग्रेस दलका नेता थापाले सरकारका कामकारबाहीमा रचनात्मक सहयोग गर्न केन्द्रदेखि प्रदेशसम्म बनिरहेको दुई दलीय संयन्त्रलाई जिल्लासम्मै विस्तार गरिने बताए । जनतामा बढेको निराशालाई आशामा बदल्ने गरी संयन्त्रले काम गर्ने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.