मुक्तिनाथ विकास बैंक 'एस्एएफ्ए बीपीए' अवार्डद्वारा दोस्रोपटक सम्मानित

मुक्तिनाथ विकास बैंक 'एस्एएफ्ए बीपीए' अवार्डद्वारा दोस्रोपटक सम्मानित
सुन्नुहोस्

श्रीलंकको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) Best Presented Annual Report अवार्डस् २०२३, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्रतर्फ “Certificate of Merit” द्वारा सम्मानित भएको छ। यो पुरस्कारबाट मुक्तिनाथ विकास बैंक २०२१ र २०२३  गरी दोस्रोपटक सम्मानित भएको हो।

दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA)ले Best Presented Annual Report Award विभिन्न विधाहरूमा प्रस्तुत गरेको थियो। दक्षिण एसियन देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो। 

विधाहरूमा वित्तीय सेवा क्षेत्र मध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो। 

उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए। वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ। यसरी अन्तरष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरूलाई थप उर्जा मिल्ने बैंकले जनाएको छ।

साथै विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष (Mutual Fund) “मुक्तिनाथ म्युचुअल फण्ड” यहि आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रीमा ल्याउने भएको छ। यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले रहेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.